Engineeer Khabar

इन्काजिनियरिंग उन्सीलले दियो २८ जनालाई प्रोफेसनल इन्जिनियर अवार्ड (सूची सहित)

0

नेपाल इन्जिनियरिङ परिषदद्वारा २८ जना इन्जिनियरलाई प्रोफेसनल इन्जिनियरको उपाधि  प्रदान गरेको छ ।

शुक्रबार राजधानीमा परिषदले एक कार्यक्रम राख्दै प्राप्त निवेदनबाट २८ जनालाई इन्जिनियरलाई प्रोफेसनल इन्जिनियरको अवार्ड गरिएको हो । सो अवार्ड प्राप्त गर्नका लागि २० वर्ष इन्जिनियरिङ सेवामा संलग्न भएको हुनुपर्ने, इन्जिनियरिङमा स्नातकोत्तर गरेको हुनुपर्ने, निरन्तर  इन्जिनियरिङ सेवामा गरेको योगदान लगायतका विषयहरुको मापदण्डभित्र राखिएको थियो ।

नेपाल इन्जिनियरिङ परिषदले प्रोफेसनल इन्जिनियरको अवार्ड गरेको यो दोश्रो शत्र हो । यस अघि परिषदले १३ जना इन्जिनियरलाई सो अवार्ड प्रदान गरेको थियो । यस अवार्ड ICE-UK (Institute of Civil Engineers) को मोडेलसंग मिल्दो जुल्दो छ । यसै  संगै नेपालमा प्रोफेसनल इन्जिनियरको अवार्ड पाउने इन्जिनियरको संख्या ४१ पुगेको  छ।

सोहि कार्यक्रममा नेपाल सरकारका भौत्तिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठले सरकारले इन्जिनियरिङ क्षेत्रको विकास र विस्तार तथा प्रवर्धनका लागि सक्दो सहयोग गर्ने बचन समत दिनु भएको थियो ।  इन्जिनियरिंग बिद्यार्थीप्रति  सरकारको दायित्व र परिक्षा लगायतका कुराहरुमा समेत सहयोग गर्न सरकार तयार भएको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै, काउन्सीलका अध्यक्ष डिल्लीरमण निरौलाले इन्जिनियरहरुको सेवाका लागि आफु लागीपरेको बताउनु भयो । उहाँले २०५५ सालको इन्जिनियरिङ सेवा ऐन संशोधन गर्न समेत लागि परेको जानकारी दिनुभयो । हाल इन्जिनियरिङ सेवा ऐन संशोधन गर्न बनेको विषय संसद सचिवालयमा दर्ता भएको छ ।

परिषदले नेपालमा इन्जिनियरको संख्या ५५ हजार नाघेको पनि जनाएको छ । कार्यक्रममा परिषदका उपाध्यक्ष अणराज सिलवालले परिषदबाट लाइसेन्स लिने इन्जिनियरको संख्या ५५ हजार नाघेको जानकारी दिनु भएको थियो ।

२८ जना प्रोफेसनल इन्जिनियर (सूची सहित)

Leave A Reply

Your email address will not be published.