Engineeer Khabar

इन्जिनियरिङ परिषदमा पाँच सदस्य मनोनयन

काठमाडौँ, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को बोर्ड सदस्यमा पाँच जना मनोनयन गरेको छ ।

मन्त्रालयले डा. विष्णु पाण्डे, ई. किरण चन्द्र दाहाल, ई. शम्भु यादव, ई. रामेश्वर रिजाल, र ई. मदन तिमल्सिनालाई बोर्ड सदस्यमा बिहीबार मनोनयन गरेको हो । मन्त्रालयले गत जेठ १२ गते नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ५ (१) ग बमोजिम उनीहरुलाई आज नियुक्तिपत्र दिएको छ । परिषद् बोर्ड सदस्यको कार्यकाल चार वर्षको हुनेछ ।

नेपाल इन्जिनियरिङ परिषद्मा ५ जना सदस्य चार वर्ष को लागि मनोनयन गरिएको छ र यसै संगै इन्जिनियरिङ परिषद्को बोर्डले पूर्णता पाएको छ ।

इन्जिनियरिंग परिषद् ऐन, २०५५मा व्यवस्था गरिए अनुसार सम्बन्धित मंत्रालयले इन्जिनियरिङ व्यवसायमा संलग्न इन्जिनियरहरुलाइ  सदस्यको रुपमा मनोनित गर्ने प्राबधान छ ।

 

Leave A Reply

Your email address will not be published.