Engineeer Khabar

ने.इ.एको भवन निर्माणका २५ लाख रकम बिनियोजन: प्रदेश न १

0

नेपाल इन्जिनियर्स एशोसिएसन, प्रदेश न १ केन्द्रको कार्यालय भवन निर्माणका लागि  भौतिक पूर्वाधार विकास मन्त्रालयले २५ लाख रकम विनियोजन गरेको  छ ।

विराटनगरको तीनटोलियास्थित निर्माणाधिन भवनका लागि नेइएको केन्द्रीय कार्यालयले प्रदेश सरकारसमक्ष गते जेठ १२ गते ५० लाख रकम माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

त्यस्तै उक्त निर्माणको लागि आवश्यक पर्ने बाँकी बजेट समेत मन्त्रालयले क्रमगत रुपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत प्राप्त भएको  जानकारी  ने.इ.ए. प्रदेश न १ का केन्द्रीय सदस्य डेगराज पौडेलले इन्जिनियरखबरलाइ जानकारी दिए । उनले तीनटोलीयामा निर्माणका लागि एक देखि डेढ करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको जिकिर गरे ।

उक्त भवन जीर्ण अवस्थामा रहेको र यस विनियोजित बजेटले  अब भवन निर्माणको कामलाई अगाडि बढाउने जानकारी ई. पौडेलले दिए ।

गत मंसिर २८ गतेको निर्वाचन पश्चात नेपाल इन्जिनिएर्स एशोसिएसन पहिलो पटक प्रदेश संचरनामा गएसँगै सबै प्रदेशमा प्रदेश कार्यालयहरु व्यवस्थित गर्ने क्रम चलिरहेको  छ ।

Leave A Reply

Your email address will not be published.