Engineeer Khabar

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान: [सुची-सहित]

ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत बिभिन्न विधा अन्तर्गतका २४ जना उत्कृष्ट विद्यार्थीहरुलाई एनसेलले “एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान” प्रदान गरेको छ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ । यस अघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्दै एनसेलले उत्कृष्टता सम्मान प्रदान गर्ने गरेको छ । २०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

एक समारोहबीच एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तिय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । त्यस्तै, एनसेल उत्कृटता सम्मान ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्तरुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

‘‘एनसेल छात्रवृत्ति उत्कृष्ट तथा मेहनती विधार्थीहरुका लागि एउटा ठूलो प्रोत्साहन भएको छ । शैक्षिक उत्कृष्टता र युवा प्रतिभाको प्रवर्द्धन गर्ने एनसेल उत्कृष्टता सम्मानले स्नातक तह पुरा गर्ने विधार्थीहरुका लागि एक छुट्टै विषेशता बोकेको छ । यस कार्यक्रमका लागि २०७१ साल देखि एनसेलसँग साझेदारी गर्न पाएकोमा हामी गौरव गर्दछौं र आउँदा वर्षहरुमा पनि यो सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं,” पुल्चोक क्याम्पसका प्रमुख प्रा. डा. लक्ष्मण पौडेलले भने ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका सी.ई.ओ. एण्डी चोङ्गले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम मार्फत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग फेरी दोश्रो चरणको सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरे । त्यस्तै, बिकासलाइ गति दिन दक्ष जनशक्तिको आवश्यकता पर्ने र उक्त अभियान अन्तर्गत पुल्चोक क्याम्पससँग थप सहकार्यले एनसेललाइ थप हर्षित तुल्याएको सी.ई.ओ. चोङ्गले बताए । व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र तर्फ एनसेलको प्राथमिकतामा रहेको र एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा आगामी वर्षहरुमा समेत शिक्षा क्षेत्रमा थप सहयोग पुर्याउने प्रतिबद्धता समेत सी.ई.ओ. चोङ्गले व्यक्त गरे ।

प्रथम वर्षका उत्कृष्ट  बिद्यार्थीहरु (२०७४)

आरोश दाहाल (सिभिल)
अविनाश मान कर्मचार्य (इलेक्ट्रिकल)
सुशील राज रेग्मी (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)
क्रितन बाँस्तोला (कम्प्युटर)
समुन्द्र कार्की (मेकानिकल)
टुनिशा ज्ञवाली (उत्कृष्ट छात्रा, सम्पूर्ण छात्रा बिद्यार्थीहरुमध्ये )

दोश्रो वर्षका उत्कृष्ट  बिद्यार्थीहरु (२०७४)

शरद कुमार पाण्डे (सिभिल)
शिशिर लामीछाने (इलेक्ट्रिकल)
श्रेय निरौला  (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)
बैभव बिष्ट (कम्प्युटर)
चेतन दाहाल  (मेकानिकल)
श्रीस्टि श्रेष्ठ (उत्कृष्ट छात्रा, सम्पूर्ण छात्रा बिद्यार्थीहरुमध्ये )

तेश्रो वर्षका उत्कृष्ट  बिद्यार्थीहरु (२०७४)

प्रवेश ढकाल  (सिभिल)
सुमन पौडेल (इलेक्ट्रिकल)
जयश्री राठी (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)
अभिषेक कुमार श्रेष्ठ  (कम्प्युटर)
किशन राहुल प्रजापति (मेकानिकल)
अदिति गजुरेल (उत्कृष्ट छात्रा, सम्पूर्ण बिभागका छात्रा बिद्यार्थीहरुमध्ये )

एनसेल एक्सिलेन्स अवार्ड 

उत्सब न्यौपाने  (सिभिल)
अभिषेक सापकोटा (इलेक्ट्रिकल)
सेलिना श्रेष्ठ (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)
श्रीती श्रेष्ठ  (कम्प्युटर)
अभिषेक भुसाल (मेकानिकल)
प्रकृति डुमारु (उत्कृष्ट छात्रा, सम्पूर्ण बिभागका छात्रा बिद्यार्थीहरुमध्ये )

 

Leave A Reply

Your email address will not be published.