Engineeer Khabar

इन्जिनियर्स एशोसिएसनको दुर्घटना बीमा कार्यक्रम: सूचना सहित

नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए) ले आफ्ना सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागि हुनको लागि यहि असार मसान्तसम्म नयाँ सदस्यको हकमा सदस्यता लिन वा पुराना सदस्यका हकमा सदस्यता नविकरण गर्नको लागि अनुरोध गरेको छ ।

इन्जिनियर्स एशोसिएसनले आफु मातहतका सदस्यलाई दश लाख बराबरको दुर्घटना बीमा गराउने तयारी गरेको छ । सो बीमाका लागि अतिरिक्त कुनै शुल्क तिर्न नपर्ने र उक्त बीमा शूल्क नेइएले नै तिर्ने जानकारी दिईएको छ । तर सो बीमा व्यवस्थाका लागि भने एशोसिएसनको सदस्यता नवीकरण भएको हुनु पर्ने मापदण्ड राखेको छ ।

जानकारी अनुसार एशोसिएसनमा आवद्ध र नवीकरण भएका हरेक इन्जिनियरको दश लाख बराबरको दुर्घटना बीमा यहि श्रावण १ गते देखि लागू हुनेछ ।कुनै कारणवश छुट्न गएको अवस्थामा अर्को एक बर्षसम्म कुनुपर्ने भएकाले यहि असारमसान्त सम्म सदस्यता लिइसक्न वा नविकरण गर्न नेइएले  आग्रह गरेको छ ।

एशोसिएसनले नयाँ सदस्यताका लागि ७५०, नविकरणका लागि ५०० र आजिवन सदस्यताका लागि ५५ सय शुल्क लाग्ने ब्यवस्था गरेको  छ ।

नयाँ सदस्यता वा नविकरण नेइएको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर तथा सम्बन्धित प्रदेश केन्द्रबाट एशोसिएसनको वेबसाइट www.neanepal.org.np मार्फत अनलाइन सदस्यता आवेदन तथा नविकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालमा करिब ५० हजारको संख्यामा  इन्जिनियरिङ परिषदमा रजिष्ट्र्ड इन्जिनियर छन् । नेइएमा भने  करिब २६ हजार ५ सय सदस्य छन । इन्जिनियरहरुको सामुहिक बीमा कार्यक्रमले एशोसिएसन प्रति इन्जिनियरहरुको आकर्षण बढ्ने बिश्वास गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.