Engineeer Khabar

५७औं इन्जिनियर दिवसको तयारी सार्वजनिक: [प्रेश बिज्ञप्ति सहित]

नेपाल ईन्जिनियर्स एशोसिएसनले ५७ औं ईन्जिनियर दिवसको समारोहको पूर्वसन्ध्यामा एशोसिएसनले तयार पारेको कार्यक्रम, पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसनले हरेक वर्ष श्रावण ३ गतेलाई “ईन्जिनियर दिवस” को रुपमा विभिन्न कार्यक्रमहरु गर्दै मनाउदै आइरहेको छ । “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” नारा सहित एशोसिएसनले यस बर्ष “५७ औं ईन्जिनियर दिवस” मनाउने भएको छ । सो कार्यक्रम सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा समुद्घाटन गरिने भएको छ ।

ईन्जिनियर दिवसको समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका ईन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष एशोसिएसनले साउन ३ र ४ गते गरि २ (दुई) दिन सम्म भव्यताका साथ ईन्जिनियर दिवस मनाउने भएको छ । सो दिवस मनाउनका लागि काठमाडौ भित्र राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, र बाहिर प्रदेश राजधानी स्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु जस्तै धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रमहरुको तय गरि मनाउने तयारी गरिएको छ । ईन्जिनियर्स दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम, वृक्षारोपण, विभिन्न विधाका उत्कृष्ट ईन्जिनियर तथा अन्य व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम, अन्तरकृया तथा सेमिनार र सांस्कृतिक कार्यक्रमहरु राखिने जानकारी एशोसिएसनले दिएको छ ।

त्यस्तै, उक्त समारोहको मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने ईन्जिनियर तथा आर्किटेक्टहरुलाई Life Time Achievement Award, Distinguished Entrepreneurship Award, Martyr Er. Nawaraj Bista Memorial Award, Outstanding Youth Professional Award, Outstanding Woman Engineer Award, Engineers’ Appreciation Award गरि ६ओटा विधामा सम्मान समेत गरिने कार्यक्रम रहेको छ ।

“५७ औं ईन्जिनियर दिवस” को अवसरमा साउन ३ गतेका दिन पूर्वाधार विकासको क्रममा पेशागत ईन्जिनियरहरुले भोग्दै आएका समस्या र चुनौती लगायतका विषयमा नेपाल सरकारका संवन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु लगायत विभिन्न राजनैतिक दलबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय युवा नेतृत्वहरुको उपस्थितिमा गहन वहस समेत एशोसिएसनले गर्ने भएको छ । त्यसै गरी साउन ४ गतेका दिन नेपालको उर्जा, सिंचाइ तथा खानेपानी, यातायात पूर्वाधार, संघीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका सम्बन्धमा ३ वटा प्राविधिक सत्रको आयोजना हुने भएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न ईन्जिनियरहरुको सशक्तिकरण हुनु पर्ने आवश्यकता औलाउदै एशोसिएसनले यसको लागि आवश्यक पहल गर्दै आएको छ  ।सरोकारवालाहरु विचको बहस, छलफल तथा मन्थन सहितको प्रस्तुतीले मुलुकको विकासको समस्या र समाधान पहिल्याइ ईन्जिनियरहरुलाई सशक्त बनाएर मुलुकको समृद्धिमा थप योगदान पु¥याउन उत्प्रेरित गर्ने उदेश्य एशोसिएसनले राखेको छ ।

[प्रेश बिज्ञप्ति ]

 

Leave A Reply

Your email address will not be published.