Engineeer Khabar

अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

0

सडक माथिबाट आएको सुख्खा पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ । कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध बनेको थियो । बिहान ७ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

निर्माणाधीन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो । सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो । ठूला ठूला ढुङ्गा खसेका कारण तीन घण्टाभन्दा बढी सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच प्रहरीले वर्षायाममा सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ ।

रासस

Leave A Reply

Your email address will not be published.