Engineeer Khabar

इन्जिनियरिंग अध्ययन संस्थानको स्नातकको प्रवेश परिक्षा श्रावण २० देखि (परिक्षा सूचनासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिंग अध्ययन संस्थानले स्नातकको प्रवेश परिक्षा आगामी श्रावण २० देखि इन्जिनियरिंग अध्ययन संस्थान,सूचना तथा संचार प्रविधि केन्द्र (ICTC), पुल्चोकमा तोकिएको समय र शिफ्ट अनुसार कम्प्युटर परिक्षा प्रणाली बिधिबाट लिने भएको छ ।

त्यस्तै,  त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्ंथानद्वारा शैक्षिक बर्ष २०७६ मा संचालन हुने स्नातक तह बी.इ./बी.आर्क प्रबेश परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रबृृित्त सम्बन्धी नियमावली अनुसार तोकिएको कानुनी मापदण्ड पुरा गरेमा सो मन्त्रालयद्वारा २०७६/०७७ मा प्रदान गरिने इन्जिनियरिङ विषयहरुका उच्च शिक्षाका छात्रबृत्तिहरुका लागि उम्मेदवार हुन योग्य हुनेछन्।

प्रवेश परिक्षा कस्तो हुनेछ ?

कम्प्यूटर परीक्षा प्रणालीको विधिबाट संचालन हुने प्रवेश परीक्षाका प्रश्नहरु वस्तुगत (Objective) हुनेछन्।

प्रश्न संख्या १०० वटा हुनेछ ।

I. Sc./10+2/A level/Engg. Diploma वा सो सरहको पाठ्यक्रमको आधारमा इ.अ.सं प्रवेश परीक्षा वोर्डले प्रकाशित गरेको पाठ्यक्रम अनुसार English, Mathematics, Physics, Chemistry / Engineering Aptitude बिषयहरुमा दुई घण्टा अवधिको कम्प्यूटर परीक्षा प्रणालीको विधिबाट परीक्षा लिइनेछ ।

ई.अ.स. अन्तर्गत कुन कुन कार्यक्रमहरु संचालित हुदै छन् ?

१) सिभिल इन्जिनियरिङ
२) इलेक्ट्रिकल इन्जिनियरिङ
३) इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ
४) मेकानिकल इन्जिनियरिङ
५) कम्प्युटर इन्जिनियरिङ
६) एग्रिकल्चर इन्जिनियरिङ
७) इण्डष्ट्रियल इन्जिनियरिङ
८) जियोमेटिक्स इन्जिनियरिङ
९) आर्किटेक्चर
१०) अटोमोवाईल इन्जिनियरिङ
११) एरोस्पेस इन्जिनियरिङ
१२) केमिकल इन्जिनियरिङ (प्रस्तावित)
यस बर्ष प्रकाशित सूचना अनुसार केमिकल इन्जिनियरिङलाई प्रस्तावित रुपमा राखिएको छ ।

ई.अ.स. अन्तर्गत आंगिक तथा निजि क्याम्पस अन्तर्गत कहाँकहाँ पढाई हुन्छ  ?  

आंगिक तर्फ :
१) पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर
२) थापाथली क्याम्पस,थापाथली,काठमाण्डौ
३) पूर्वाञ्चल क्याम्पस, धरान
४) पश्चिमाञ्चल क्याम्पस, पोखरा
५) चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन (प्रस्तावित)
यस बर्ष देखि आंगिक तर्फ चितवन  इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन लाई प्रस्तावित क्याम्पसको रुपमा राखिएको छ ।

सम्बन्धन प्राप्त कलेजहरु:
१) कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर
२) काठमाण्डौ इन्जिनियरिङ कलेज, काठमाण्डौ
३) हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर
४) एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुर
५) नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुर
६) काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुर
७) जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुर
८) ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुर
९) सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर
१०) ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर

आवेदनका लागि के के छन न्युनतम योग्यताहरु ?  

त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण–संस्थाबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह,

उच्च माध्यमिक तह वा A Level वा इन्जिनियरिंङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्कको कम्तिमा ४५% तथा Letter Grading भएमा (NEB को हकमा) सबै विषयको Final Grade मा न्यूनतम C Grade प्राप्त गरी उतीर्ण गरेका

वा अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुले समेत आवेदन दिई प्रवेश–परीक्षामा सहभागी हुन पाउनेछन्।

त्यस्तै, विदेशी नागरिकहरुले भने पूर्णशुल्कीय कार्यक्रममा मात्र आवेदन दिन पाउनेछन्।

आवेदनका फारम भर्ने बिधि तथा आवश्यक कागजातहरु के के छन्  ?  

इन्जिनियरिङ अध्ययन संस्थानको Website https://entrance.ioe.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फारम आवेदक स्वयमले भरी Online बाट नै सोही Website मार्फत Submit गर्न सकिने

Website मा Online Form मिति २०७६/०४/०१ गते बिहान १०ः०० बजेदेखि मिति २०७६/०४/१५ गते साँझ ६ः०० वजेसम्म मात्र उपलब्ध हुनेछ । तसर्थ उक्त अवधि भित्र कुनैपनि समयमा परीक्षा फाराम भर्न सकिने । तोकिएको समय पश्चात Online फर्म स्वतःबन्द हुनेछ ।

आवेदन फारम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ ।

प्रवेश परीक्षा शुल्क वापतको रकम रु. २,०००।–(अक्षरेपी रुपैया दुई हजार मात्र) नेपाल भित्रको सिध्दार्थ वंैक लि.को कुनै पनि शाखावाट इ.अ.सं. प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौचर भरी खाता नं.ं ००९१५०५६०६४ मा जम्मा हुनेगरी वुझाएको हुनु पर्ने । बैंक भौचर काटिसकेपछि परीक्षा शुल्क बापत बुझाएको रकम फिर्ता हुने छैन ।

आवेदन शुल्क जम्मा गर्न बैंक भौचरको अतिरिक्त सिद्धार्थ बैंकले प्रदान गरेको Siddhartha Banksmart सेवा निशुल्क प्रयोग गर्न सकिनेछ । eSewa मार्फत पनि शुल्क जम्मा गर्न सकिनेछ । eSewa प्रयोग गरेवापत उक्त सेवाको नियमानुसार अतिरिक्त शुल्क लाग्नेछ । BankSmart वा eSewa प्रयोग गरी भुक्तानी गर्ने प्रकृयाको लागि विस्तृत विवरण https://entrance.ioe.edu.np/uploads/PaymentProcess.pdf मा हेर्न सकिनेछ ।

Online Form भर्दा बैंकको भौचरको नम्वर वा Transaction ID number अनिवार्य रुपमा भर्नु पर्नेछ ।

प्रवेश परीक्षा शुल्क मिति २०७६/०४/१५ गते अपराह्न ४ः०० बजेसम्म मात्र उपलब्ध हुनेछ ।

(पुरा सूचना)
https://entrance.ioe.edu.np/uploads/EntranceNoticeDetails-2076.pdf बाट साभारित

 

 

Leave A Reply

Your email address will not be published.