Engineeer Khabar

गोदावरीमा सौर्यबत्ती जडान गरिँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई निराकरण गर्न सौर्यबत्ती जडान गर्न शुुरु गरिएको हो ।

“मन्त्रालयले सौर्यबत्ती खरिदमा लाग्ने रकमको ६० प्रतिशत सहयोग गरेको छ”, वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले भन्नुभयो, “नगरपालिकाले ४० प्रतिशत रकम तिरेर प्रत्येक वडामा बत्ती जडान गर्दैछ ।” एउटा सौर्यबत्ती खरिद गर्दा रु एक लाख पर्ने वडा नं ४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिनुभयो । पहरीले भन्नुभयो, “नगरपालिकाले सौर्यबत्तीका लागि रु १९ लाख तिरेको छ ।”

गोदावरीले आगामी आर्थिक वर्षभित्र जडान गर्न एक हजार सौर्यबत्ती माग गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “अर्काे आवमा हाम्रो नगरपालिकाभित्र हालसम्म २०० वटा सौर्यबत्ती आउने निश्चित भइसकेको छ”, उहाँले भन्नुभयो, “माग गरेअनुसार त्यसमा ५० प्रतिशत सौर्यबत्ती ल्याउने पहलमा हामी लागी परिरहेका छौँ ।”

रासस

Leave A Reply

Your email address will not be published.