Engineeer Khabar

“प्रबिधि मेला यात्रा ३.०” शुक्रबार देखि: नेसनल कलेज अफ ईन्जिनियरिङ

0

ललितपुर: सातदोबाटो स्थित त्रि.वि.बाट सम्बन्धन प्राप्त नेशनल कलेज अफ इन्जिनियरिङ(एन.सी.इ) मा ‘यात्रा ३.०’ दुई दिने प्रर्दशनी आयोजना हुने भएको छ । यहि शुक्रबार देखि  सुरुहुने ‘यात्रा ३.०’ अन्तर्गत इन्जिनियरिङ बिधाका ज्ञान, सिप र इनोभेसनहरु समेट्दै प्रर्दशनी हुने भएको छ ।

कलेज प्रशासनको सहयोग र निरीक्षणमा कलेजमा रहेका ४ वटा संकायगत क्लबहरुको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुने भएको छ।

आएटी क्लब अन्तर्गत कोड कम्पिटिसन, सफ्टवयर प्रोजेक्ट कम्पिटिसन, कोड डिबगिङ,गेमिङ कम्पिटिसन कार्यक्रम राखिएको छ । रोबोटिक्स् क्लब अन्तर्गत रोबो रेसिङ, रोबो ब्यालुन ब्रस्ट, ड्रोन कम्पिटिसन, हाडवयर प्रोजेक्ट कम्पिटिसन लगायतका इभेन्टहरु रहने छन् ।

त्यस्तै इलेक्ट्रिकल क्लब अन्तर्गत क्वीज कम्पिटिसन, म्याटल्याब सिमुलेसन प्रतियोगिता हुने तयारी गरिएको छ भने सेस क्लबको मातहतमा मोडेल कम्पिटिसन, टेक्नीकल प्रिजेन्टेसन लगायत सिभिल इन्जिनियरीङ संग सम्बन्धित कार्यक्रमहरु गर्ने तयारी गरिएको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर बिभागिय प्रमुख ई प्रदिप अधिकारिले इन्जिनियरखबरसमक्ष  जानकारी दिनु भयो ।

प्रतियोगिता अन्तर्गत  उत्कृष्ट हुनेलाई नगत पुरस्कारको व्यवस्था गरिएको  छ  भने उक्त कार्यक्रममा अन्य इन्जिनियरीङ कलेजका विद्यार्थीले सशुल्क सहभागिता जनाउन सक्ने छन् ।

यस अघिका बर्षहरुमा यात्रा इभेन्टको प्रथम र दोश्रो संस्करण सम्पन्न भैसकेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.