Engineeer Khabar

लिफ्टबाट खानेपानी आयोजना सञ्चालन गरिँदै

0

चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्राणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले नेपाल सरकार र चैनपुर नगरपालिकाको साझेदारीमा रु १० करोडको लागतमा एक हजार मिटरको उचाइमा चार लिफ्टमार्फत पानी तान्न लागिएको जानकारी दिनुभयो । नगरका ३५० बढी घरपरिवारलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको उक्त आयोजना तीन वर्षभित्र पूरा गरिने निर्माण समितिका अध्यक्ष उद्धव त्रितालले बताउनुभयो ।

घुम्ती शिविर सम्पन्न

सूचना तथा प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागद्वारा आयोजित तीनदिने घुम्ती शिविरमा मोफसलका सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको छ । देशकै दुर्गम पहाडी जिल्लाका रुपमा चिनिने सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज सम्पन्न शिविरमा जिल्लाका दुई दर्जन बढी सञ्चारकर्मीले प्रेसपास तथा अनलाइन दर्ता प्रमाणपत्र पाएका छन् ।

जिल्लाका सात एफएम रेडियो, दुई स्थानीय पत्रिका (लालीगुराँस साप्ताहिक र पाख्रीबास साप्ताहिक) मा काम गर्ने सञ्चारकर्मी, राष्ट्रिय सञ्चारमाध्यमका जिल्ला प्रतिनिधि र एउटा अनलाइन पत्रिकासमेत घुम्ती शिविरमा लाभान्वित भएको सूचना तथा प्रसारण विभागका प्रतिनिधि लक्ष्मी बुढाले जानकारी दिनुभयो ।

सोही अवसरमा दुर्गम क्षेत्रका पत्रकारका लागि तीन दिनसम्म क्षमता अभिवृद्धिसम्बन्धी तालीमसमेत आयोजना गरिएको जानकारी दिँदै सूचना तथा प्रसारण विभागका महानिर्देशक कृष्णमुमारी न्यौपानेले छोटो समयसीमाभित्र राज्यले तय गरेको यस कार्यक्रमलाई यहाँका सञ्चारमाध्यमले पूर्णरुपले उपयोग गरेको बताउनुभयो ।

सरकारले पत्रकारको स्वास्थ्य बीमाका लागि लागि रु पाँच करोड विनियोजन गर्ने तयारी भइरहेको बताउनुभयो ।

रासस

Leave A Reply

Your email address will not be published.