Engineeer Khabar

इन्जिनियर दिवसको कार्यक्रम श्रावण २ गते हेटौडामा : ने.ई.ए. प्रदेश न ३ (कार्यक्रमतालिका सहित )

0

नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिले प्रदेश राजधानी हेटौडामा यहि मिति श्रावण २ गते ५७ औं इन्जिनियर दिवस मनाउने भएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय कमिटिको कार्यक्रम श्रावन ३ र ४ गते काठमाण्डौमा तय गरिएको छ भने प्रदेशस्तरमा बिभिन्न मिति र समयमा तय गरिएको छ । यसै क्रममा ३ न प्रदेश अन्तर्गतका इन्जिनियर/आर्किटेक्टहरुमाझ इन्जिनियर दिवस मनाउन ने.ई.ए ३ न प्रदेश कार्यकारिणी समितिले श्रावण २ गते सम्पूर्ण इन्जिनियरहरुलाई प्रदेश राजधानी हेटौडामा निमन्त्रणा गरेको छ ।

कार्यक्रमलाई बिहान र दिउसो गरि दुई शत्रमा सम्पन्न गरिने छ । जस अन्तर्गत बिहानी शत्रमा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम र कमलडांडामा फ्रेन्ड्ली फुट्सल गरिने तयारी रहेको छ भने दिउसोको शत्रमा आधा दिने सेमिनार गरिने तयारी रहेको ने.ई.ए. ३ न प्रदेश कार्यकारिणी सदस्य ई. सुरज गौतमले जानकारी  दिनु भएको छ ।

दिउसोको शत्रको कार्यक्रमको प्रमुख अतिथ्यता हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबोल महतले गर्नुहुनेछ र सो कार्यक्रममा प्रस्तोताको रुपमा भेरी-बबई डाइभर्सन प्रोजेक्टका कवालिटी कन्ट्रोल इन्जिनियर जगदिश्वर मान श्रेष्ठज्युले टनेल बोरिंग मेसिनको सिकाई तथा यसको स्कोपको बारेमा प्रस्तुत गर्नुहुनेछ । त्यस्तै नेपाल टेलिकमका सिनियर इन्जिनियर दिलिप कुमार बर्मा, ई. पवन कर्ण र ई. रित्विक तिवारीले संयुक्त रुपमा फोर्जी/एल.टि.ई कम्युनिकेसन: ग्राहकको नजरबाट भन्ने बिषयमा प्रस्तुति दिनुहुनेछ र बिकास तथा विपद व्यवस्थापनको लागि डिजिटल नक्शांकन सम्बन्धि प्रस्तुति ई. उत्तम पुडासैनीले गर्नुहुनेछ । त्यस्तै, बिहानी शत्रमा बुद्ध चोकमा हुने रक्तदान कार्यक्रम र कमलडांडामा हुने फ्रेन्ड्ली फुट्सलको सहभागीलाई प्रामाणपत्रको व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा ३ न प्रदेशका इन्जिनियरहरुलाई निम्तो गरिएको छ र सो कार्यक्रमलाई एसियन पेन्ट्स, हिलटेक, क्रिस्टल प्रोडक्ट्स लगायतका संस्थाहरुले प्रायोजन गरेको छ ।

इन्जिनियर्स दिवसको उपलक्ष्यमा राखिएको कार्यक्रममा उल्लेखनीय उपस्थिति रहने र इन्जिनियर बीच साथ्-सहयोग तथा सहकार्य बढाउन उक्त कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकको दाबि छ ।

Leave A Reply

Your email address will not be published.