Engineeer Khabar

हेटौडामा यसरि मनाइयो इन्जिनियर दिवस: (फोटोफिचर सहित)

नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिले प्रदेश राजधानी हेटौडामा श्रावण ३ को पुर्वसन्ध्यामा  गत बिहिबार भब्य रुपले ५७ औं इन्जिनियर दिवस मनाएको  छ ।

कार्यक्रमलाई बिहान र दिउसो गरेर दुई शत्रमा सम्पन्न गरिएको थियो । जस अन्तर्गत बिहानी शत्रमा हेटौंडाको बुद्ध चोकको रक्तदान कार्यक्रममा ३७ जना सहभागी भएका थिए ।

त्यस्तै,  कमलडांडास्थित हेटौडा फुत्सलमा आयोजित  फ्रेन्ड्ली फुट्सलमा करिब ३ टिमको सहभागिता रहेको थियो जसमध्ये हेटौडा उपमहानगरपालिकाका इन्जिनियरहरुको टिमले सबै टिमलाई पराजित गरेको थियो ।

दिउसोको शत्रको कार्यक्रमको प्रमुख अतिथ्यता हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महतले गर्नुभएको थियो । पूर्वाधार बिकाश संग-संगै समग्र बिकासको लागि इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउदै नगर प्रमुखले उक्त सेमिनारको सफलताको समेत शुभकामना दिनु भएको थियो । कुनै पनि देशको मेरुदण्ड भनेकै इन्जिनियरहरु हुन् र इन्जिनियरहरुको लगन र परिश्रमले नै समृद्धि हासिल गर्न सकिने कुरा नगर प्रमुख महतले जिकिर गर्नु भएको थियो  ।

Image may contain: 5 people

सो कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिका सभापति ई. नन्द लाल बन्जाडेले गर्नु भएको थियो । सो कार्यक्रमको उपस्थितिको प्रसंसा गर्दै ई. बन्जाडेले सम्पूर्ण इन्जिनियरिंग समुदायलाइ सहकार्य गर्दै अगाडी बढ्न अपिल समेत गर्नुभयो । त्यस्तै, अब छिटै नै स्थानीय केन्द्रहरुको स्थापना गर्दै एशोसिएसनको कामकाजलाई अझ द्रुत गतिमा अगाडी बढाउने जानकारी ई. बन्जाडेले गराउनु भएको थियो ।

Image may contain: 3 people, text

सोहि कार्यक्रममा कार्यसमितिकै स्थानीय हेटौडावासी ई. सुरज गौतमले स्वागत मन्तब्य दिनु भएको थिए । सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरुलाई स्वागत गर्दै, प्रदेश कार्यकारिणी समितिले यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै इन्जिनियरहरु बीच आपसी सम्बन्ध र सदभाब बढाउने प्रयास प्रदेश कार्यकारिणी समितिले गर्ने जानकारी ई. गौतमले जिकिर गर्नुभएको थियो ।

Image may contain: 5 people, including Nanda Banjade, Pradip Adhikaree and Suraj Gautam

उक्त सेमिनार कार्यक्रममा पहिलो प्रस्तोताको रुपमा भेरी-बबई डाइभर्सन प्रोजेक्टका कवालिटी कन्ट्रोल इन्जिनियर जगदिश्वर मान श्रेष्ठज्युले टनेल बोरिंग मेसिनको सिकाई तथा यसको स्कोपको बारेमा प्रस्तुत गर्नु भएको थियो । कवालिटी कन्ट्रोल सम्बन्धि आफ्ना अनुभवहरु संग-संगै भेरी-बबई डाईभर्सन प्रोजेक्टमा टनेल बोरिंग मेसिनबाट गरिएको सुरुंग उत्खननको अनुभबहरु  ई. श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । नेपालको रास्ट्रिय गौरवको आयोजनाको प्रोजेक्टहरु मध्ये समय अगाबै कार्यसम्पादन सकिएको यस प्रोजेक्ट एउटा उदाहरणीय प्रोजेक्ट रहेको जानकारी ई. श्रेष्ठले दिनु भएको थियो । त्यस्तै  टनेल बोरिंग मेसिन प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरुको जानकारी दिदै ई. श्रेष्ठले सो प्रोजेक्टको दौरान आफुले भोगेका समस्या तथा अनुभवहरु समेत प्रस्तुत गर्नु भएको थियो । बारुद पड्काउदै सुरुंग खनिने प्रक्रियाका बेफाइदाहरु र टनेल बोरिंग मेसिन प्रयोग गर्दा हुने फाइदाहरुको बारेमा चर्चा गर्दै, यस प्रविधिले निकै सहज रुपमा युगान्तकारी परिवर्तन गर्न सक्ने दाबि समेत ई. श्रेष्ठले गर्नु भएको थियो  ।

Image may contain: 1 person, standing and indoor

त्यस्तै  कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिका उपसभापति ई. दिल्लीराम भट्टले एशोसिएसनले अहिले सम्म गरेका कार्यहरुको जानकारी दिनु भएको थियो ।Image may contain: 3 people, including Sharad Pandit and Lion Er Dilly Ram, people sitting and indoor

कार्यक्रमको दोश्रो प्रस्तोताको रुपमा नेपाल टेलिकमका सिनियर इन्जिनियर दिलिप कुमार बर्माले फोर्जी/एल.टि.ई कम्युनिकेसन: ग्राहकको नजरबाट भन्ने बिषयमा प्रस्तुति दिनु भएको थियो । सो प्रस्तुतिमा ई. बर्माले फोर-जी लगायत मोबाइल कम्युनिकेसन बारेमा चर्चाका साथै मोबाइल किन्दा ध्यान दिनु पर्ने जानकारी समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको बिचमा प्रायोजक एसियन पेन्ट्स र हिलटेकले छोटो प्रोमोसोनल सेसन समेत दिएका थिए । सोहि कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै आर्थिक आय-व्ययको जानकारी समेत एशोसिएसनका कोषाध्यक्ष ई. राजन थापाले दिनु भएको थियो ।

इन्जिनियर्स दिवसको उपलक्ष्यमा राखिएको कार्यक्रममा उल्लेखनीय  (एक सय पचास भन्दा बढी) उपस्थिति रहेको र यस्ता कार्यक्रमले  इन्जिनियर बीच साथ्-सहयोग तथा सहकार्य बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकको दाबि छ ।

[फोटो फिचर ]

Image may contain: outdoor

Image may contain: 1 person, playing a sport, shoes and outdoor

Image may contain: 1 person, standing, tree and outdoor

Image may contain: 5 people, people smiling, people standing and outdoor

Image may contain: 2 people, people playing sports and outdoor

Image may contain: 8 people, people standing and indoor

Image may contain: 2 people, people sitting, people standing and indoor

Image may contain: 5 people, people smiling, people standing

Image may contain: 4 people, indoor

Image may contain: 3 people, people sitting, beard and indoor

Image may contain: 6 people, people smiling, people sitting

Image may contain: 8 people, people sitting and indoor

Image may contain: 8 people, people smiling, people sitting and indoor

Image may contain: 9 people, people smiling, people sitting and child

Image may contain: 3 people, people sitting and indoor

Image may contain: 6 people, people sitting and child

Image may contain: 10 people, people smiling, indoor

Image may contain: 7 people, indoor

Leave A Reply

Your email address will not be published.