Engineeer Khabar

एकैसाथ १२ हजार १ सय इन्जिनियरको सामूहिक दुर्घटना बीमा

0

नेपाल इन्जिनियर्स एशोसिएशनले आफ्नो ५७औँ वार्षिकोत्सवका अवसरमा  एकै पटक करिब १२ हजार १ सय  इन्जिनियरको सामूहिक दुर्घटना बीमा गरिएको जानकारी दिएको छ  ।

शुक्रबार ५७ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ने.ई.ए. ले सामुहिक दुर्घटना बीमाको बारेमा जानकारी दिएको हो । कर्मी मौरी सरह जोखिमपूर्ण काममा अनवरत खटिनुपर्ने भएकाले नेपाल इन्जिनियर्स एसोसिएसनबाट दुर्घटना बीमाको आवश्यकता महसुस हुदै प्रतिव्यक्ति रु १० लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिने जानकारी दिइएको छ ।

एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इन्जिनियरको सामूहिक दुर्घटना बीमा गरिएको जानकारी दिएका थिए । यस एतिहासिक बिमांक बापतको पहिलो किस्ताको रकम इन्जिनियर्स एसोसिएसन आफैँले उपलब्ध गराउने भएको छ । यसै क्रममा यसको सुरुवातको लागि एसोसिएसनले ५० लाख रुपैयाँ उपलब्ध गराएर बिमा सुरु गर्ने दिइएको छ ।

पहिलो चरणमा सुरु गरिएको बिमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने,’जुन स्थानमा हाम्रा इन्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।’ प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो ।

इन्जिनियरहरु जुन संस्थामा कार्यरत हुन्छन, सम्भब भएसम्म सोहि स्थानमा नै समझदारी गर्दै बीमाको रकम उपलब्ध गराउने प्रयास समेत गर्ने एसोसिएसनका अध्यक्ष बज्राचार्यले जानकारी दिए । यसरि बीमालाई व्यवस्थित र इन्जिनियरको हितको लागि प्रयास गरिने जानकारी दिदै अध्यक्ष बज्राचार्यले आफुहरुले प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्दै अगाडी बढेको जानकारी दिए ।

त्यस्तै, एसोसिएसनका महासचिव ई. छविराज पोखरेलले इन्जिनियरहरुलाई दक्ष एवं व्यवसायिक बनाउदै निस्फिक्रका साथ् काम गर्ने हौसला प्रदानका लागि बीमा कार्यक्रम ल्याइएको जानकारी दिए । ‘सकेसम्म कुनै पनि इन्जिनियर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ’, महासचिव पोखरेलले भने ।

एसोसिएसनमा आबद्ध नभएका इन्जिनियरलाई समेत संगठित गर्ने र इन्जिनियर्स  एशोसिएसनतर्फ आकर्षित गराउनेमा  एसोसिएसन कटिबद्ध रहेको जानकारी आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.