Engineeer Khabar

इन्जिनियर दिवस भब्यताका साथ सम्पन्न: (फोटोफिचर सहित)

0

नेपाल इन्जिनियर्स एशोसिएसनले काठमाडौंको राष्ट्रीय सभा गृहमा यहि साउन ३ र ४ गते विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै ५७ औं इन्जिनियर दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।

५७औ  इन्जिनियर दिवसको अवसरमा एसोसिएसनले ऐतिहासिक निर्णय गर्दै आफुसंग आबद्ध इन्जिनियरहरुको सामुहिक दुर्घटना बीमा सुरु गरेको छ । उक्त मिति सम्म करिब १२ हजार १ सय इन्जिनियरको नवीकरण तथा दर्ता भैसकेको हुदा यहि श्रावन १ गते देखि सामूहिक रुपमा दुर्घटना बीमा सुरु भएको छ ।

त्यस्तै, सोहि अवसरमा एशोसिएसनले विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच जना इन्जिनियरहरु (जीवन कालिन साधक सम्मान डा.बिन्दु नाथ लोहनी, उत्कृष्ट उद्धमी इन्जिनियर पुरस्कार इ.बिकास बहादुर श्रेष्ठ, सहिद इ.नवराज बिष्ट मेमोरियल अवार्ड गुरु प्रसाद शर्मा, उत्कृष्ट महिला इन्जिनियर आ.चन्द्र लक्ष्मि हाडा र उत्कृष्ट युवा पेशाबिद पुरस्कार इ.दिपेन्द्र गौतम ) लाई समान गरेको छ । त्यस्तै गरि गत जेष्ठ ८, २०७६ बिहानको ३:३० बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण सम्पन्न गरेका इलेक्ट्रिकल ई. मिग्मा दोर्जे शेर्पालाई प्रसंशापत्र सम्मान प्रदान गरिएको छ ।

इन्जिनियर दिवसमा पाँच इन्जिनियरलाई अवार्ड तथा सम्मान(यो पनि हेर्नुहोस्)

गत शुक्रबार पुर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नु भएको कार्यक्रम दुई दिन सम्म बिभिन्न कार्यक्रमहरु गरेर मनाइएको थियो । उक्त कार्यक्रममा विभिन्न चार कार्यपत्रमा छलफल गरिएको थियो । कार्यक्रमको पहिलो टेक्निकल सेसन अन्तर्गत समृद्द नेपाल निर्माणको लागि ईन्जिनियरिङ्ग सेवा बिषयमा कार्यपत्र पेश भएको थियो । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टाराईले सेसनको अध्यक्षता गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेश देवकोटाको कार्यपत्रमा सांसद जनार्दन शर्मा र योगेश भट्टराईले टिप्पणी गरेका थिए ।

इन्जिनियर दिवसको दोस्रो दिनको पहिलो सेसन अन्तर्गत उर्जा, सिचाई तथा खानेपानी बिषयमा उर्जा मन्त्री वर्षमान पुनको अध्यक्षतामा डा.गुणनिधी पौड्यालले कार्यपत्र पेश गरेका थिए । त्यस्तै, दोस्रो दिनको दोश्रो सेसनमा यातायात तथा पुर्वाधार बिषयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको अध्यक्षतामा सडक विभागका महानिर्देशक केशव शर्माले कार्यपत्र राखेका थिए ।

दोश्रो दिनको अन्तिम सेसनको कार्यपत्र संघीयता कार्यन्वयन, सुशासन र सूचना प्रविधि बिषयमा रहेको थियो । उक्त सेसनको कार्यपत्र नेपाल टेलिकमका ई. डा . सुनिल पोख्रेलले प्रस्तुत गरेको थिए । संघीयता कार्यन्वयन, सुशासन र सूचना प्रविधिमा ईन्जिनियरहरुको भूमीकाकामा केन्द्रीत रहेर पोख्रेलले आफ्नो कार्यपत्रमा बिभिन्न पक्षहरु समेट्दै  प्रस्तुति दिएका थिए।

कार्यक्रम अवधिभरको बिभिन्न सेसनमा सहभागी इन्जिनियरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । बिशेष गरि उपस्थित इन्जिनियरहरुको सहभागिता, गहकिला प्रतिक्रिया, प्रश्न एवं जिज्ञासाले कार्यक्रमको शोभा अझ बढाएको थियो ।

उक्त कार्यक्रम संग-संगै विशेष सांस्कृतिक कार्यक्रमले  राष्ट्रीय सभा गृहको माहोल अझ घन्काएको थियो । समग्रमा यस बर्षको इन्जिनियर दिवसमा इन्जिनियरहरुको सहभागिता, प्रस्तुति संग-संगै इन्जिनियर्स एशोसिएसनका प्रदेश केन्द्रहरुले बिभिन्न स्थानमा आयोजना गरेको कार्यक्रमले इन्जिनियर्स दिवसलाइ भव्यताका साथ् सफल परेको देख्न सकिन्छ ।

हेटौडामा यसरि मनाइयो इन्जिनियर दिवस: (फोटोफिचर सहित) (यो पनि हेर्नुहोस् )

[फोटो फिचर ]

Image may contain: one or more people and people on stage

Image may contain: one or more people, people standing and people on stage

Image may contain: 7 people, people smiling, people standing

Image may contain: one or more people, crowd and indoor

Image may contain: 4 people, people smiling, people standing and suit

Image may contain: 4 people, people smiling, people standing and suit

Image may contain: 7 people, people smiling, people standing

Image may contain: 5 people, people smiling, people standing and suit

Image may contain: 4 people, people standing

Image may contain: 4 people, people smiling, people standing

Image may contain: 6 people, people standing

Image may contain: 1 person

Image may contain: 2 people, people standing, suit and indoor

Image may contain: 1 person

Image may contain: 5 people, people standing

Image may contain: 3 people, people smiling, people standing, suit and text

Image may contain: 3 people, people standing

Image may contain: 1 person, standing and flower

Image may contain: 2 people, people smiling, people standing

Image may contain: one or more people

Leave A Reply

Your email address will not be published.