Engineeer Khabar

ने.ई.ए ले निकाल्यो दुर्घटना बीमाको म्याद थप तथा सी.यु.जी आबद्धता सम्बन्धी सूचना

0

नेपाल इन्जिनियर्स एशोसिएसनले (नेइए) गत असार मसान्तसम्म नयाँ दर्ता वा नवीकरण गरेका सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागि बनाएको थियो । इन्जिनियरहरुको मागलाई आत्मसात गर्दै ने.ई.ए ले उक्त सूचनालाई थप एक महिना समय अर्थात श्रावण मसान्त सम्म सोहि व्यवस्था हुने गरि थप गरेको छ ।

एशोसिएसनले मंगलबार एउटा सूचना जारी गर्दै श्रावण मसान्तभित्र यस अघि कुनै कारणबस सहभागी हुन नसकेकाहरुलाई नयाँ सदस्यता लिइसक्न वा सदस्यता लिइसकेकालाई नविकरण गर्न आग्रह गरेको छ ।

५७ औ इन्जिनियर दिवसको समारोहमा आयोजित कार्यक्रममा एशोसिएसनले करिब १२ हजार एक सय  इन्जिनियरहरुको दश लाख बराबरको दुर्घटना बीमा सम्पन्न भएको जानकारी गराएको थियो । बीमांक स्वरूप करिब दश लाख बराबरको दुर्घटना बीमा गराउने कार्यक्रम  यहि श्रावण १ गते देखि लागू भैसकेको छ ।

उक्त ऐतिहासिक बीमा कार्यक्रममा सहभागी हुनको लागि कुनै अतिरिक्त शुल्क नलाग्ने तर एशोसिएसनमा नवीकरण भएको वा नयाँ सदस्यले नयाँ सदस्यता लिएको हुनु पर्ने उल्लेख छ  । एशोसिएसनमा नयाँ सदस्यता लिनका लागि ने.रु.७५०, नविकरणका लागि ने.रु. ५०० र आजिवन सदस्यताका लागि ने.रु.५५००  शुल्क लाग्ने ब्यवस्था छ ।

नयाँ सदस्यता, आजिवन सदस्यता वा नविकरण गर्नको लागि नेइएको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर तथा सम्बन्धित प्रदेश केन्द्रबाट एशोसिएसनको वेबसाइटबाट अनलाइन पेमेन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।

आजिवन सदस्यता वा नविकरण गर्नको लागि पुराना सदस्यहरुले आफ्नो ड्यासबोर्ड खोल्नको http://neanepal.org.np/member/login मार्फत लागिन गर्न सकिनेछ भने नयाँ सदस्यता लिनको लागि http://neanepal.org.np/member/new/register  मार्फत दर्ता गर्न सकिनेछ ।

शुरु भयो CUG सेवा 

CUG (करपोरेट उजर ग्रुप) सेवा अन्तर्गत एकै CUG ग्रुपमा रहेका मोबाइल नम्बरहरु बीच असिमित फोन कल गर्न सकिनेछ । अर्थात इन्जिनियर्स एशोसिएसनको रेकर्डमा रहेको नेपाल टेलिकमको मोबाइल नम्बरहरु बीच कल गर्न वा अन्य सेवा सुबिधा प्रयोग गर्न धेरै नै सहज, किफायती हुनेछ ।

एन.टि.सीको CUG सेवा सम्बन्धि थप जानकारीका लागि यहाँ जानुहोस

 

Leave A Reply

Your email address will not be published.