Engineeer Khabar

आकाशे पुल निर्माण गरिँदै

0

रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न रु नौ करोड ५० लाख लाग्नेछ । सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुङ्गानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्साङ्कन गरिएको बताउनुभयो ।

सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ । यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिनुभयो । रासस

 

 

Leave A Reply

Your email address will not be published.