Engineeer Khabar

१५० अर्बको सिमेन्ट बजार, निर्यातको वातावरण नबने डुब्ने खतरा

0

काठमाडौं । भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा आवश्यक र प्रयोग हुने सामाग्री हो सिमेन्ट । जसको काम निर्माणलाई मजबुति प्रदान गर्नु र अन्य सामाग्रीलाई जोड्नु हो ।

अघिल्लो शताब्दीमा सिमेन्टको चलन नेपालमा थिएन । त्यसैले त्यतिबेलाको भौतिक पूर्वाधारमा सिमेन्टको प्रयोग हुने कुरै भएन । त्यति बेला चुन, मासको दाल र बाबियोको सम्रिश्रणबाट भनेको पर्दाथलाई अहिलेको सिमेन्ट झैं प्रयोग गर्ने गरिएको थियो । चन्द्र शम्शेरले यही पर्दाथको प्रयोगबाट सन् १९०८ मा सिंहदरबारको निर्माण गराएका थिए ।

नेपालमा सिमेन्टको प्रयोगको इतिहास त्यति लामो छैन । सन् १९५० को दशकबाट मात्र नेपालमा सिमेन्टको प्रयोग शुरु भएको पाइन्छ । सन् १९७० मा नेपालमा निर्माणको क्षेत्रमा सिमेन्टको प्रयोगले गति लिन थालेको हो ।

सन् १९७५ मा जर्मनको सहयोगमा नेपालमा नै सिमेन्ट उद्योगको स्थापना भएको थियो । हिमाल सिमेन्ट उद्योगको नाममा स्थापना भएको उक्त उद्योगले प्रति दिन १ सय ६० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दथ्यो । पछि चिनियाँ सरकारको सहयोगमा दुई प्लान्ट थपिए पछि उद्योगको क्षमता २ सय मेट्रिक टन पुग्यो ।

सरकारी तवरबाट नै उदयपुर सिमेन्ट उद्योग, हेटौडा सिमेन्ट उद्योग स्थापना भयो । हालसम्म आइपुग्दा हिमाल सिमेन्ट उद्योग बन्द भइसकेको छ भने सरकारी तथा निजी क्षेत्रको उद्योग गरी ७५ वटाभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् ।

नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर मात्र होइन, मागभन्दा बढी उत्पादन गर्ने क्षमता राख्दछ । अहिले सिमेन्टको माग प्रति वर्ष १ करोड मेट्रिकटन रहेको छ । हाम्रा उद्योगहरुको उत्पादन भने १ करोड ५० लाख मेट्रिकन टन पुगि सक्यो ।

सिमेन्ट उद्योग नेपालमा छोटो समयमा स्थापित र विकसित भएका उद्योग हुन् । कति उद्योगहरु आफ्नै क्लिंकरमा आधारित छन् भने केहिले भारत तथा अन्य देशबाट क्लिंकर ल्याएर उत्पादन गर्ने गरेका छन् ।

नेपालले आर्थिक वर्ष २०७३/०७४ साल देखि नै विदेशी सिमेन्ट तथा क्लिंकर आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ । तर, ठूला परियोजना तथा अन्तर्राष्ट्रिय कम्पनीहरुले निर्माण गरेको आयोजनामा भने शून्य भन्सार दरमा सिमेन्ट आयात गर्न पाउने व्यवस्था गरिएको छ ।

यसका कारण पनि नेपाली सिमेन्ट उद्योगहरुले सोचे जस्तो प्रतिफल प्राप्त गर्न सकेका छैनन् । तर, नेपाली उद्योगहरु स्थापना गर्न राज्यले केही प्राथामिकता र सहुलियत भने दिएकै हो ।

उद्योग स्थापना भएको ठाँउसम्म विद्युत पुर्याउने, सडक पूर्वाधार निर्माण गर्नेदेखि लिएर प्रशासनिक काममा समेत सहजता प्रदान गर्ने व्यवस्था सरकारले गरेकै कारण आज सिमेन्टमा आत्मर्निभर हुने अवस्था आएको हो ।

नेपालमा ठूला व्यवसायीक समूहहरुको प्रवेशले पनि सिमेन्ट उद्योग सबलिकरणको बाटोमा लागेको मानिन्छ । मुरारका, अग्रवाल, चौधरी, पाण्डे, गोल्छा तथा अन्य व्यवसायीक समूहले यो क्षेत्रमा लगानी गरेका छन् ।

नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर मात्र होइन, मागभन्दा बढी उत्पादन गर्ने क्षमता राख्दछ ।नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव कुमार थापा भन्छन् ‘नेपालमा अहिले सिमेन्टको माग प्रति वर्ष १ करोड मेट्रिकटन रहेको छ । हाम्रा उद्योगहरुको उत्पादन क्षमता भने १ करोड ५० लाख मेट्रिकन टन पुगि सक्यो ।’

यो क्षेत्रका व्यवसायीहरुको सरकारसँग केही गुनासो पनि रहेका छन् । सरकारले उद्योगसम्म पुर्याउनुपर्ने सडक पूर्वाधारको निर्माणमा चासो नदिएको उनीहरुको गुनासो रहेको छ । कर पनि ५–६ ठाँउमा तिर्नु पर्ने भएकाले व्यवसायनै धराशायी हुन सक्ने खतरा उनीहरुले औंल्याउने गरेका छन् ।

उनको तथ्याङ्कलाई आधार मान्दा नेपाली सिमेन्ट उद्योग आत्मनिर्भर भएर निर्यात योग्यसमेत भएको देखिन्छ । नेपालले अब दातृ निकायको सहयोगमा निर्माण हुने ठूला परियोजनाहरुमा पनि नेपाली सिमेन्टको प्रयोगमा जोड दिने नीति लिनु पर्ने बेला आएको देखिन्छ ।

‘नेपाली सिमेन्ट उद्योगमा २ खर्बभन्दा बढी लगानी रहेको जानकारी अध्यक्ष थापाले दिए । हालको मूल्य अनुसार नेपाली सिमेन्ट उद्योगको बजार १ खर्ब ५० अर्बको रहेको छ । यो क्षेत्रले हजाराैंलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

साथै, सिमेन्ट उद्योगको सञ्चालनबाट लाखौंले अप्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । ‘राज्यलाई हामीले अहिले ३० अर्ब भन्दा बढी कर बुझाउछौँ,’ अध्यक्ष थापाले भने ।

यो क्षेत्रका व्यवसायीहरुको सरकारसँग केही गुनासो पनि रहेका छन् । सरकारले उद्योगसम्म पुर्याउनुपर्ने सडक पूर्वाधारको निर्माणमा चासो नदिएको उनीहरुको गुनासो रहेको छ । कर पनि ५–६ ठाँउमा तिर्नु पर्ने भएकाले व्यवसायनै धराशायी हुन सक्ने खतरा उनीहरुले औंल्याउने गरेका छन् ।

उद्योगमा आवश्यक पर्ने बिजुली पनि सहज हिसावले प्राप्त गर्न सक्ने अवस्था छैन । डिजेल आयातमा कर धेरै लगाउँदा पनि उत्पादनको लागत बढेको उनीहरु बताउँछन् ।

नेपालले अहिले आफूलाई आवश्यक पर्ने क्लिंकर आफैँ उत्पादन गर्दछ । तर, जिप्सन भने अझै आयात गरिरहेको छ । प्रति वर्ष ३–४ लाख मेट्रिकटन जिप्सन भुटान र भारतबाट ल्याउनु परिरहेको छ ।

नेपालमा जिप्सन सम्बन्धी अनुसन्धान पनि कमै मात्र भएको छ । अध्यक्ष थापाका अनुसार नेपालमा जिप्सन उत्पादन गर्न सकिने खानीको अभाव छ ।

 

अबको बाटो

सिमेन्ट उद्योग आत्मनिर्भर भइरहँदा र निर्याततर्फ समेत उन्मुख हुदाँ नेपाली सिमेन्ट उद्योग धरासायी बन्न सक्नेतर्फ संकेत गर्छन् अध्यक्ष थापा ।उनी भन्छन्, ‘अहिले कै माग र आपूर्तीको अर्थशास्त्र कायम रहिरह्यो भने २–३ वर्षपछि सबै उद्योगले आफ्ना उत्पादन आधा घटाउन थाल्ने छन् ।’

 

नेपालमा भन्दा भारत र बङगलादेशमा नै सस्तोमा गुणस्तरीय सिमेन्ट प्राप्त रहुन्जेल यहाँको सिमेन्ट विदेश निर्यातको सम्भावना रहन्न । यदि नेपाली सिमेन्ट निर्यात गर्ने हो भने लागत घटाउने र गुणस्तरमा वृद्धि गर्नुको विकल्प छैन ।

उनको संकेतलाई पुष्टि गर्ने एउटा गतिलो आधार भनेको नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माणकाम करिब अन्तिम चरणमा पुगेको छ । यो सकिने बितिकै सिमेन्टको मागमा कमी आउने नै छ ।

यसका लागि नेपाली सिमेन्टको लागत घटाउने तर्फ लाग्नु पर्छ । साथै, कर छुट, तथा विदेश निर्यातमा सहुलियत प्रदान गर्ने बाटोतर्फ पनि अग्रसर हुनु पर्ने देखिन्छ । उद्योगको सुरक्षा, मजदुरहरुको बन्द हडताल र प्रशासनिक कार्यहरुलाई पनि सहज तुल्याउनै पर्छ ।

माग भन्दा बढी उत्पादन हुने र निर्यातको लागि पहल गर्ने हो भने सिमेन्टको गुणस्तरीयतालाई पनि उतिकै ध्यान दिनु पर्ने बेला आएको छ । नेपालमा खपत हुने भन्दा बढी सिमेन्टको बजार भनेको भारत र बङगालादेश नै हो । नेपाली सिमेन्टहरु भारतीयभन्दा बढी गुणस्तरीय र सस्तोमा उत्पादन गर्नुको विकल्प छैन ।

हाल नेपाली बजारमा ५३ ग्रेडको ५० किलो वजन भएको सिमेन्टको मूल्य ६ सय ५० देखि ८ सय २५ रुपैयाँसम्म रहेको छ भने भारतमा त्यहि ग्रेडको सिमेन्ट ५ सय २० देखि ६ सय ५० सम्ममा पाउन सकिन्छ । यसैगरी, बङ्गलादेशमा बीडिटी ३७५ को सिमेन्ट ५ सय ५६ मा प्राप्त गर्न सकिन्छ ।

नेपालमा भन्दा भारत र बङगलादेशमा नै सस्तोमा गुणस्तरीय सिमेन्ट प्राप्त रहुन्जेल यहाँको सिमेन्ट विदेश निर्यातको सम्भावना रहन्न । यदि नेपाली सिमेन्ट निर्यात गर्ने हो भने लागत घटाउने र गुणस्तरमा वृद्धि गर्नुको विकल्प छैन ।

chanakyapost बाट साभार गरिएको 

Leave A Reply

Your email address will not be published.