Engineeer Khabar

पेशागत सुरक्षा र दुर्घटना बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुँदै: (ने.ई.ए. ३ न प्रदेश)

0

नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिले इन्जिनियरहरुको पेशागत सुरक्षा र दुर्घटना बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम यहि श्रावण २४ गते शुक्रबार दिनको २:३० बजे , बबरमहल स्थित शहरी विकास तथा भवन बिभागको हलमा  गर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रतिनिधिले ने.ई.ए. ले शुरु गर्न लागेको दुर्घटना बीमा सम्बन्धि प्रस्तुति दिदै उपस्थित इन्जिनियरहरु माझ अन्तरक्रिया कार्यक्रम गरिने तयारी रहेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथ्यता इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यज्युले गर्नु हुनेछ । त्यस्तै उक्त ऐतिहासिक बीमाकार्यक्रमको सफलताको शुभकामना आदान-प्रदान समेत गरिने कार्यक्रम समितिले गरेको छ ।

उपस्थित इन्जिनियर तथा आर्किटेक्टहरुमध्ये नयाँ दर्ता , नवीकरण साथै आजीवन सदस्यता लिन बाकि रहेकाहरुको लागि समेत छुट्टै कक्ष राख्दै दर्ताको काम गर्न सकिने व्यवस्था मिलाउने तयारी ने. ई.ए. ३ न प्रदेश कार्यकारिणी समितिले गरेको छ ।

उक्त कार्यक्रममा सहभागीताका लागि नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिले आफु सम्बद्ध रहेका सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरुको उपस्थितिको लागि आव्हान गरेको छ ।

Leave A Reply

Your email address will not be published.