Engineeer Khabar

रिजन कर्मचार्य बने काठमाण्डौ बिश्वबिद्यालय: स्कुल अफ इन्जिनियरिंगको प्रवेश परिक्षामा सर्वोत्कृष्ट (भिडियो सहित)

0

गत श्रावण २६ गते प्रकाशित काठमाण्डौ विश्वबिद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिंगको  बि.ई./बि.आर्कको प्रवेशिका परिक्षाको नतिजामा बनेपाका रिजन कर्मचार्यले  सर्वोत्कृष्ट अंक ल्याएका छन् ।

सो प्रवेशिका परिक्षामा बिज्ञान संकाय र इन्जिनियरिंग संकाय गरि कुल ४२९१ बिद्यार्थीको नतिजा प्रकाशन गरिएको छ । जसमध्ये इन्जिनियरिंग संकाय अन्तर्गत  रिजन कर्मचार्यले सर्वोत्कृष्ट अंक १४९७ ल्याउदै इन्जिनियरिंग संकायमा प्रथम भएका छन् भने यता समग्रमा (इन्जिनियरिंग संकाय र बिज्ञान संकाय) मुकेश तिवारीले १५०९ अंक ल्याई सर्वोत्कृष्ट भएका छन् ।

काठमाण्डौ विश्वबिद्यालयले यस बर्ष लिएको स्नातक तहको प्रवेशिका परिक्षाको नतिजा संग-संगै प्रथम सुची गत बिहिबार सार्वजनिक गरेको छ ।

काठमाण्डौ विश्वबिद्यालयको स्कुल अफ इन्जिनियरिंग अन्तर्गत बनेपाका रिजन कर्मचार्यले सर्वोत्क्रिस्ट अंक ल्याउन सफल भएका छन् । सो सफलताको बधाई माइतीघरस्थित पाई एकेडेमी (PI Academy) ले एक समारोह बीच गरेको छ । रिजनले आफ्नो १०+२ बनेपा निस्ट बाट सम्पन्न गरेका थिए भने, इन्जिनियरिंग को तयारी  पाई एकेडेमी, माइतीघरमा गरेका थिए ।

यसै संगै काठमाण्डौ विश्वबिद्यालयले स्नातक तहको भर्नाको लागि प्रथम भर्ना सुची समेत प्रकाशित गरेको छ  ।

Hill Side Ad Banner

सुची हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् 

 

श्रावन ३१ मा प्रकाशित प्रथम भर्ना लिस्ट अनुसार आर्किटेक्चरसिभिल इन्जिनियरिंग (हाइड्रोपावरमा स्पेसियलाइजेसन्)कम्प्युटर इन्जिनियरिंगकेमिकल इन्जिनियरिंगइलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंग (कम्युनिकेसनमा स्पेसियलाइजेसन्)इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंग (पावर एंड कन्ट्रोलमा स्पेसियलाइजेसन्) , मेकानिकल इन्जिनियरिंग (अटोमोबाइलमा  स्पेसियलाइजेसन्)मेकानिकल इन्जिनियरिंग (डिजाइन एण्ड म्यनुफेक्चरिंगमा  स्पेसियलाइजेसन्), मेकानिकल इन्जिनियरिंग (इनर्जी टेक्नोलोजीमा स्पेसियलाइजेसन्), मेकानिकल इन्जिनियरिंग (हाइड्रोपावरमा स्पेसियलाइजेसन्)जियोमेटिक्स इन्जिनियरिंग गरि ११ वटा कार्यक्रमहरु रहेका छन्  ।

काठमाण्डौ विश्वबिद्यालयले इन्जिनियरिंग संकाय अन्तर्गत  स्नातक तहको प्रवेशिका परिक्षा कम्पुटर प्रणाली अनुसार लिने गरेको छ, जसको पूर्णअंक २२२० रहेको छ भने पास हुनको लागि बिद्यार्थीले न्युनतम ५२८ ल्याउनु पर्ने हुन्छ  ।

श्रावण १२ गते देखि काठमाण्डौ विश्वबिद्यालयले बि.ई. इन्जिनियरिंगको प्रवेशिका परिक्षा कम्पुटर प्रणाली अनुसार लिएको थियो ।

Leave A Reply

Your email address will not be published.