Engineeer Khabar

ई.अ.स. प्रथम भर्ना सुची अपडेट: सरकारीमा ३१.८९ % र निजीमा ७७.३४ % सिट रिक्त

त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतको ईन्जिनियरीङ्ग अध्ययन संस्थानका केन्द्रिय क्याम्पस, आगिंक क्याम्पसहरु तथा निजि कलेजहरुमा अहिले स्नातक तहको भर्ना चलिरहेको छ । प्रथम भर्ना सूचिको भर्ना पश्चात सरकारी क्याम्पसहरुमा करिब ३१.८९ % र  निजी क्याम्पसहरु तर्फ ७७.३४% सिट हरु रिक्त देखिएका छन् र समग्रमा ५६.५४% सिटहरु रिक्त छन् ।

ईअसले लिएको प्रवेश परिक्षाको श्रावण ३२ गते प्रकाशित नतिजामा उर्तिण संगसंगै कक्षा १०+२ को हरेक बिषयमा न्युनतम “C” ग्रेड भएका बिधार्थीहरु मात्र भर्ना हुन पाइने नियम छ ।

यहाँ क्लिक गरेर ईअस प्रवेश परिक्षाको नतिजा हेर्नुहोस

सो नतिजा अनुसार कुल ६ हजार ९ सय ९९ जना बिद्यार्थीहरु प्रवेश परिक्षामा उतिर्ण  भएका छन् । यस बर्ष त्रिवि अन्र्तगतका ५ सरकारी क्याम्पस तथा १० वटा निजि कलेजहरु गरि जम्मा ४२४८ सिटहरुमा आवेदन दिन सकिनेछ।

एकीकृत भर्ना प्रणाली अनुसार बिधार्थीले दिएका आवेदनहरु केन्द्रीय पोर्टलमा प्रकाशित हुनेहुदा भर्ना हुने प्रक्रिया निश्चित नियम अनुसार नै हुने देखिन्छ । त्यसैले अहिले पढ्न चाहने बिद्यार्थी वा पढाउने कलेजले आफुले चाँहदैमा मात्र पढ्न पाईने अवस्था छैन । बिगतमा जेहन्दार बिद्यार्थीहरुले समेत रोजेको कलेजमा रोजेको बिषय पढ्न नपाएको गुनासो र कलेजहरुले प्रवेश परिक्षामा प्राप्त अंकहरुको आधारमा भन्दा पनि बढि पैसा र “भनसुन”को आधारमा भर्ना लिने अवस्था देखिएपछी ईअसले गत वर्षदेखि एकिकृत भर्ना प्रणालीको शुरुवात गरेको हो ।

एकीकृत भर्ना प्रणाली अनुसार (www.admission.ioe.edu.np), IOE का कुन कुन क्याम्पसहरुमा कति विद्यार्थी भर्ना भए वा कति सिट रिक्त छन् भन्ने जानकारी एक क्लिकमा हेर्न मिल्ने सुबिधा राखिएको छ ।

इ.अ.सं.को बि.ई./बि.आर्क. प्रवेश परिक्षाको नतिजा सार्वजनिक, ६९९९ उत्तिर्ण (यो पनि हेर्नुहोस् )

कहाँ, के कति भए भर्ना ?

तथ्याङ्ग अनुसार सबै भन्दा कम खालि रहेको कलेज भक्तपुर स्थित ख्वप कलेज अफ ईन्जिनियरिङ्ग र त्यस पश्चात केन्द्रीय क्याम्पस, पुल्चोक क्याम्पस देखिन्छ ।

त्रि.विको आँगिक क्याम्पसहरु मध्ये पुल्चोक पश्चात पुर्वान्चल क्याम्पसमा ३३.७५%. पश्चिमाञ्चल क्याम्पसमा ३५.४२ प्रतिशत, चितवन इन्जिनियरिंग क्याम्पसमा ३७.५% र थापाथली क्याम्पसमा ५०.२३ प्रतिशत सिट रित्त रहेको छ ।

भक्तपुर नरपालिकाको स्वामित्वमा रहेको ख्वप कलेज अफ ईन्जिनियरीङ्गमा चुस्त दुरुस्त एवं तुलनात्मक रुपमा नियमित पठनपाठन हुने साथै राजनीति वातावरण एकदम न्युन हुने हुँदा बिद्यार्थीको आकर्षण बढेको देखिन्छ । त्यसै गरि भक्तपुर लगायतका बिधार्थीहरुलाई बिशेष कोटा प्रायोजनले गर्दा पनि भत्तपुरका बिद्यार्थीहरुको रोजाईमा शिर्ष स्थानमा ख्वप पर्ने गर्दछ ।

थापाथली क्याम्पसको हकमा भने, सरकारी क्याम्पसमा पढ्न चाहनेले काठमाडौंमा उपत्यकामा अवस्थीत थापथाली र पुल्चोक दुबै तर्फ फर्म भर्ने हुँदा, पुल्चोकमा अवसर पाउदा पुल्चोक नै रोज्ने भएको हुँदा त्यहाँको भर्नाको सिट तुलनात्मक रुपमा बढी रिक्त रहेको देखिन्छ ।

भाद्र १९, ५ :००  बजे सम्म ई.अ.स.को पोर्टलमा प्रकाशित जानकारी अनुसार ख्वप बाहेक निजी ईन्जिनियरीङ्ग कलेजहरु मध्ये कालिमाटी स्थित काठमाण्डौ ईन्जिनियरीङ्ग कलेज, बालकुमारी स्थित क्याथ्फोर्ड कलेज  तथा ताल्छिखेल, सातदोबाटो स्थित नेसनल कलेज अफ इन्जिनियरिंग भर्ना संख्या प्रतिशतका हिसाबले अग्र स्थानमा देखिन्छ । त्यस पछि क्रमश कान्तिपुर इन्जिनियरिंग कलेज, एडभान्स कलेज, हिमालयन कलेज, सगरमाथा कलेजमा भर्ना संख्या प्रतिशतका हिसाबले प्राथमिकतामा परेको देखिन्छ भने ललितपुर र जनकपुर कलेजहरुमा भने ९० प्रतिशत भन्दा धेरै सिटहरु रित्त रहेको देखिन्छ ।

सिटहरु किन यति धेरै रिक्त ?

प्रथम चरणको भर्ना कार्यक्रम पश्चात पनि किन यतिका सिटहरु रिक्त भएको भन्ने आशंका धेरैमा लाग्न सक्दछ । बिशेषत: सरकारी आंगिक क्याम्पसहरु पनि रिक्त सिट देखिनुको कारण, बिधार्थीहरुले एक वा सो भन्दा बढी कलेजमा फारम भरेको र भर्नाको लागि मेरिट अनुसार एकैचोटी दुई वा सो भन्दा बढी कलेजमा नाम निस्किएको हुदा र बिधार्थिले एकपटकमा केवल एक क्याम्पसमा मात्र भर्ना हुन पाउने नियम रहेको हुँदा यस्तो अवस्था देखिने गर्दछ ।

सबै व्यवस्था मेरिट अनुसार हुने हुदा, कुनै एउटा (ई.अ.स.को प्रवेशिका परिक्षाको स्कोर) रयांक ल्याएको एकै बिद्यार्थीको बिभिन्न निजी कलेजको भर्ना सुचीमा नाम निस्किने गरेको हुदा, सो बिद्यार्थीभन्दा पछाडीको (ई.अ.स. प्रवेशिका स्कोर) रयांक ल्याउने बिद्यार्थीहरु प्रभावित परेको देखिन्छ । तसर्थ, प्रथम भर्ना सुचीबाटै सबै कुरा निर्णायक हुने भन्ने स्थिति नरहन सक्छ । तर पनि यसबाट के अनुमान गर्न सकिन्छ भने, निजी कलेजहरुप्रति बिधार्थीहरुको आकर्षण घट्दो रुपमा गइरहेको देखिन्छ । यसो हुनुमा सम्भवत कलेजको पास प्रतिशत, अत्याधिक फिस, पढाईको गुणस्तर, इन्फ्रास्ट्रकचर, त्यहाको पढ्ने वातावरण र पायक पर्ने ठाउँले धेरै नै फरक पारेको देखिन्छ ।

बिद्यार्थीहरुको प्रथामिकता अनुरुपको राजाईमा पछि पर्नु निश्चयनै कलेजको गुणस्तर व्यवस्थापन सँग प्रत्यक्ष सरोकार राख्ने बिषय हुन । यस बिच भक्तपुर स्थित ख्वप कलेज प्रति भने झण्डै झण्डै ईअसका आँगिक कलेजहरुको झै आकर्षण रहेको देखिन्छ । निश्चयनै ख्वप कलेजका आकर्षणका पछाडी चुस्त व्यवस्थापन, शुन्य बिद्यार्थी राजनीति आदि कारण हुन सक्छन् ।

त्यसतै गरि केहि बिधार्थीहरुको रिजल्टमा D ग्रेड आएको र त्यसको अपग्रेड परिक्षको नतिजा नआउडा सम्म बिधार्थीले भर्ना लिन पाउने छैनन । साथै यि कलेजहरुमा भर्ना हुनका लागि ईअसले लिने प्रवेश परिक्षा समेत उर्तिण भएकै हुनु पर्ने नियम छ। त्यस्तै निजी कलेजहरुको अत्याधिक शुल्क पनि कम बिद्यार्थी भर्नाहुनुको कारण देखिएको छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.