Engineeer Khabar

पाँचौ संविधान दिवसका अवसरमा शहिद शुक्र पार्कमा दिप प्रज्वलन: ने.ई.ए. प्रदेश ३ (फोटोफिचर सहित )

ललितपुर – नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश न ३ ले संविधान दिवसको अवसरमा आज साँझ पुल्चोक ललितपुरको शहिद शुक्र पार्क अगाडी दिपावली गरेको छ । पाँचौ संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रममा इन्जिनियरहरुको बाक्लो उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय समितिका उपाध्यक्ष ई. आशिश घिमिरेले सम्पूर्ण उपस्थित इन्जिनियरहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । संविधान दिवसका अवसरसमा आयोजित कार्यक्रममा ई. घिमिरेले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको र अबको समृद्धिको यात्रामा सबै पक्ष एकतावद्ध भएर अगाढी बढ्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

साथै कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय समितिका उपमहासचिब ई. कपिल आचार्य, ने.ई.ए. प्रदेश न ३ का उपसभापति ई. डिल्लीराम भट्ट, सचिब ई. प्रदिप अधिकारि, सहसचिब शरद पण्डित, कोषाध्यक्ष ई. राजन थापा लगायत कार्यसमितिका सदस्यहरु संग-संगै उल्लेख्य इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

 

[फोटो फिचर]

Comments are closed, but trackbacks and pingbacks are open.