Engineeer Khabar

बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै

आज पाचाैँ संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफमा नेपालको झण्डा झिलमिलाउने भएको छ । स्थानिय समय अनुसार राति ९:१० मा नेपालको झण्डालाइ झिलमिलाइने यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । संविधान दिवस पारेर गर्न लागिएको उक्त कार्यक्रम पहिलो पटक हो ।

यस संगै आज देश तथा विदेशमा संविधान दिवस भव्यताको साथ मनाइएको छ । नेपालको इतिहासमा पहिलो पटक २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको हो र आज पाँच वर्ष पुगेको छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.