Engineeer Khabar

ई.अ.स. पुर्वान्चल क्याम्पसमा हल्ट प्राइज सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

धरान: ई.अ.स. पुर्वान्चल क्याम्पसमा गत अशोज २ गते, क्याम्पस डाइरेक्टर कबित लाभको नेतृत्वमा हल्ट प्राइज सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डाइरेक्टर कबित लाभले यस वर्ष क्याम्पसमा प्रतियोगात्मक कार्यक्रम राख्दै विजेतालाइ रिजनल प्रतियोगितामा सहभागी गराउने भएका छन् ।

हल्ट प्राइज फाउनडेसन संसारको सबैभन्दा ठुलो स्टार्टपको लागि उर्भर जमिन मान्न सकिन्छ जसमा संसार भरका १२० वटा देशहरुबाट १५०० विश्वविद्यालयहरु सहभागी हुने गर्दछन । विद्यार्थीहरुको नोवल पुरस्कारका रुपमा चिनिने हल्ट प्राइजलाई फास्ट कोअपरेसनले संसारको सबैभन्दा सिर्जनशील कम्पनीको सुचिमा राखेको छ, साथसाथै टाइमस म्यागाजिनको कभरमा संसार परिवर्तनका पाँच चिजमा पनि हल्टलाइ उल्लेख गरेको छ ।

नेपाली विद्यार्थीहरुले पनि हरेक वर्ष यस प्रतियोगितामा भाग लिने गरेका छन् । नेपालका पाँच विभिन्न शैक्षिक संस्थाहरुमा हुने यस प्रतियोगिताको जिम्मेवारी पुर्वमा नै पहिलो पटक पुर्वान्चल इन्जिनियरिङ क्याम्पसका कवित लाभले पाएका छन् । क्याम्पस डाइरेक्टरका रुपमा छानिएका लाभले यस वर्ष क्याम्पसमा कार्यक्रम गराइ विजेतालाइ रिजनल प्रतियोगिताम सहभागी गराउने जिम्मा पाएका हुन ।

Image may contain: 13 people, people sitting and indoor

गत बिहिबार पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा स्नातक तहमा अध्यनरत ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा हल्टका समान्य जानकारीका साथसाथै यस २०१९/२०२० को पृष्ठभूमि(थीम)का बारेमा  छलफल भएको थियो।

Image may contain: 1 person, screen and indoor

डाइरेक्टर लाभ र आशिष पौडेलले प्रस्तुत गरेको उक्त अभिमुखीकरणमा प्रोग्रामको ढाँचा र समय तालिका समेत सार्वजनिक गरिएको थियो ।
च्यालेज रिलिज : सेप्टेम्बर १४/१५
जानकारी सेसन: सेप्टेम्बर-अक्टोबर
फारम खुल्ने : अक्टोबर पहिलो हप्ता देखि नबेम्बर पहिलो साता
प्रोमोसनल क्यामपेन : सेप्टेम्बर-अक्टोबर – नबेम्बर
बिशेष अभिमुखीकरण : नोबेम्बर दोस्रो साता
वर्कसप र मेन्टरसिप: नोबेम्बर तेस्रो र चौथो साता
मुख्य कार्यक्रम : डिसेम्बर १०

डाइरेक्टर लाभले सहभागी सबैलाई लाभदायक हुनेगरि वर्कसपमा दक्ष मेन्टरहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । धरानमा हुने उक्त प्रतियोगिताको ओरीइएन्टेसन पुर्वका सबै जसो प्रमुख ठाँउहरुमा हुने र मिति भने हल्ट पुर्वान्चल क्यापसको फेसबुकपेजमा  चाडै नै सार्बजनिक गर्ने कुरा समेत बताएका छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.