Engineeer Khabar

प्रथम NEA P3 फुट्सल कप हुँदै: पूर्णतालिका सहित

नेपालीहरुको महान चाडपर्व दशैं,तिहार, न्हु दया भिन्तुना ११४० लगायत छठ २०७६ को पावन अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश नम्बर ३ ले प्रथम ने.इ.ए पि.३. फुटसल कप प्रतियोगिता यहि शनिबारदेखि आयोजना गर्ने भएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश नम्बर ३ को ललितपुरको सम्पर्क कार्यालयमा आज तालिका ड्र गरिएको हो । यस  प्रतियोगितामा कुल २३ वटा टिमले सहभागी जनाउने भएका छन् । असोज ११ गतेको दिनमा  सेमी-फाइनलसम्मको खेलहरु चल्नेछन भने असोज १२ गते सो कपको फिनाले खेलाईनेछ । त्यस्तै अशोज १२ गतेको मुख्य आकर्षणको रुपमा नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय समिति र नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश न ३ कार्यकारिणी समितिको शो-म्याच हुने भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय समितिका महासचिव छबिराज पोख्रेलले केन्द्रको टिमको कमान समाल्नेछन् भने प्रदेश कार्यकारिणी तर्फ ३ न प्रदेशका सभापति नन्द लाल बन्जाडेले कमान समाल्ने भएका छन् ।

यस फुटसल प्रतियोगितामा नेपाल इन्जिनियर्स एसोसिएसनमा दर्ता रहेका इन्जिनियरहरुले मात्र सहभागी हुन् पाउनेछन । दुई  दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन अर्थात अशोज १२ गते पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिने प्रदेश नम्वर ३ का सचिब प्रदिप अधिकारीले जानकारी दिएका छन ।

टिम दर्ता गर्न ४ हजार प्रवेश शुल्क रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० किलोको खसी,मेडल र प्रमाणपत्र,दोस्रो पुरस्कार १५-२० केजीको खसी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

काठमाडौ को शान्तिनगर फुटसलमा हुने नकआउट चरणको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.