Engineeer Khabar

भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन

प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको हो ।

सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धताका साथ कार्यक्रम लिइ लागिपरेको बताउनुभयो ।

उहाँले सञ्चार क्षेत्रमा नयाँनयाँ प्रविधिको प्रतिस्पर्धाबाट युवापुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिकम काठमाडौँका निर्देशकद्वय अमरनाथ झा र राजेश उप्रेतीले नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल फोनको फोरजी सेवा सातवटै प्रदेशका ३२ जिल्लाको ५० वटा शहरमा आजदेखि सेवा शुरुआत गरिएको र जनतालाई नयाँ प्रविधिबाट सुविधायुक्त इन्टरनेट सेवा उपलब्ध गराइने बताउनुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.