Engineeer Khabar

मेलम्चीमा तिहार मेला हुने

असोज २९ देखि कात्तिक ९ गतेसम्म मेलम्चीमा तिहार मेला हुने भएको छ । ‘मेलम्चीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ नाराका साथ मेलम्ची नगर युवा क्लबले सो मेला आयोजना गर्न लागेको हो ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका संयोजक राजनमान श्रेष्ठले जानकारी दिनुभयो । मेलामा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ । मेलामा कृषि प्रदर्शनी, बैंक इन्स्योरेन्स तथा वित्तीय संस्था, अटोमोबाइल, गार्मेन्ट, जुत्ताचप्पल, कस्मेटिक तथा विभिन्न लत्ताकपडा, हस्तकलाका कक्ष राखिएका छन् । मेलामा स्थानीय उत्पादन र कलालाई विशेष प्राथमिकता दिइनेछ । पर्यटन वर्ष, २०२० लाई सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.