Engineeer Khabar

विपद जोखिम न्यूनीकरण दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम हुदैँ

नेपाल इन्जिनियरिंग एशोसिएसन र इन्जिनियरिंग अध्ययन संस्थानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको सन्दर्भमा यहि बिहिबार पुल्चोक स्थित इन्जिनियर भवन (ने.ई.ए.को केन्द्रीय कार्यालय) मा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

विपद जोखिम न्यूनीकरणका लागि United Nations Office for Disaster Risk Reduction(UNDRR) को संयोजन र सदस्य राष्ट्रको क्रियाशीलतामा हरेक बर्ष १३ अक्टोबरको दिनलाई केन्द्रबिन्दुमा राखी सप्ताहब्यापी रुपमा अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस (International Day for Disaster Risk Reduction,IDDRR) मनाउने गरिएको छ ।

यहि बिहिबार दिनको साढे दुई बजे हुने सो कार्यक्रममा तिन ओटा प्रस्तुति राखिने जानकारी आयोजकले बताएका छन् । जसमध्ये पहिलो प्रस्तुति नास्टका पुर्व उपकुलपति तथा ई.अ.स.का पुर्व डीन प्रा.डा. जीवराज पोख्रेलले “विपद जोखिम न्यूनीकरणका लागि उपयुक्त प्रविधि ” राख्नु हुनेछ । त्यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का उप-परियोजना निर्देशक डा. युवराज पौडेलले “गोर्खा भूकम्प २०७२ पश्चात उत्थानशिल सामुदाय निर्माणका लागि नेपाल सरकारको पहल” सम्बन्धि प्रस्तुति राख्नु हुनेछ ।  कार्यक्रमको अन्तिम प्रस्तुतिमा ई. सुरज गौतम र ई. सुमन चापागाईले विपद जोखिम न्यूनीकरणका लागि युबाको पहल र यु-इन्स्पायर गतिबिधिको बारेमा प्रकाश पार्नु हुनेछ ।

विपद जोखिम न्यूनीकरणमा रुची राख्ने र कार्य गर्ने सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेका छन् ।

यस बर्षको मूल नारा “अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं ” रहेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.