Engineeer Khabar

ध्वनि प्रदूषण गराउनेविरुद्ध कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण गराउँदै ठूलो आवाज बनाएर मोटरसाइकल चलाउने चालकलाई कारवाही गर्ने भएको छ ।

ठूलो आवाज बनाएर गुडाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, लापरवाही रुपमा चलाउनेलाई कारवाही गर्ने अभियान थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम उक्त कार्य कानून विपरीत भएको उल्लेख गर्दै आज एक सूचनामार्फत यस्ता गतिविधि नगर्न महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ ।

महाशाखाले मापसे गरेर सवारी चलाउने, लेन मिच्ने तथा अन्य ट्राफिक नियम उल्लङ्गन गर्ने विरुद्ध कारवाही गर्ने अभियान भने जारी रहेको जनाएको छ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.