Engineeer Khabar

इन्जिनियर क्षेत्री बिद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा  नियुक्त

नेपाल बिद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । क्षेत्रीलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहिबार समितिको सदस्यमा मनोनयन गरेको हो ।

नेपाल बिद्युत प्राधिकरण ऐन , २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम बिद्युत क्षेत्रमा बिशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिहरु मध्येबाट संचालक समितिमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।  यस अघि नेपाल बिद्युत प्राधिकरण सञ्चालक समितिका चार सदस्य मध्येका एक, ई. उमेशप्रसाद थानीले आफ्नो कार्यव्यस्तता देखाउँदै कार्तिक ३ गते राजीनामा दिएपछि संचालक समितिमा एक सदस्य रिक्त रहेको थियो ।  सो रिक्त बोर्ड सदस्यमा ई.राजेन्द्र बहादुर क्षेत्रीलाई बिहिबार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नियुक्त गरेको हो ।

नेपाल बिद्युत प्राधिकरण ऐन , २०४१ को दफा ९ को उपदफा (४) बमोजिम ई. क्षेत्रीको कार्यावधि चार बर्षको हुनेछ ।

ई. क्षेत्री थापाथली क्याम्पसमा उप-प्राध्यापक रुपमा कार्यरत  छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.