Engineeer Khabar

प्रधानमन्त्री सचिवालयको विकास विज्ञमा ई. थपलिया नियुक्त

इन्जिनियर खबर, ३० कार्तिक, काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेलगत्तै इन्जिनियरिंग समुदायबाट इन्जिनियर गजेन्द्र थपलिया प्रधानमन्त्रीको सचिवालय अन्तर्गत विकास विज्ञमा नियुक्त भएका छन् ।

यस अघि पनि ओलीको प्रधानमन्त्री कार्यकालमा करिब ९ महिने अवधिमा विकास क्षेत्र हेर्ने जिम्मेवारी समेत वहन गरेका र आफ्नो कार्यप्रभावकारिता पुष्टि गरेका इन्जिनियर गजेन्द्र थपलिया, प्रधानमन्त्री ओलीको यस पटकको छनोटमा पनि ‘विकास विज्ञ’मा परेका छन् ।

युवा विद्यार्थी हुँदै त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट स्नातकोत्तर गरेका ई. थपलिया आफ्नो समयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत थिए । पूर्वाधार निर्माण र विकासका सवालमा अन्तर्राष्ट्रिय गोष्ठीहरुमा समेत अब्बल कार्यपत्र दिने क्षमता राख्दछन । यस अघि प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा तुइन विस्थापनको जिम्मेवारी समेत ई. थपलियाको नेतृत्वमा दिइएको थियो ।

तुइन विस्थापन अभियानको गहिरो अध्ययन, योजना, कार्यान्वयन र अनुभवकै कारण प्रधानमन्त्री ओलीले यस पटक पनि विकास निर्माणको सारथीका रुपमा ई. थपलियालाई नै रोजेको सूत्रहरु बताउँछन् ।

(इन्जिनियर खबर, ई. गजेन्द्र थपलिया ज्युलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नका लागि हार्दिक बधाई तथा सफलता को शुभकामना दिन चाहन्छ ।)

Comments are closed, but trackbacks and pingbacks are open.