Engineeer Khabar

यु-इन्स्पायर नेपालद्वारा ह्याकाथन कार्यक्रम सम्पन्न: [फोटो फिचर सहित]

मंसिर १४, २०७६, काठमाडौं: यु-इन्स्पायर नेपालद्वारा नेपालमै पहिलो पटक विपद जोखिम न्यूनीकरण सम्बन्धि आइडिया उत्पादन कार्य्रक्रम भव्यताकासाथ् पुल्चोक क्याम्पस स्थित लाईब्रेरी हालमा गत शुक्रबार सम्पन्न भएको छ ।

यु-इन्स्पायर नेपालद्वारा आयोजित ह्याकाथन कार्यक्रमको उद्घाटन पृथक शैलीमा सम्पन्न गरिएको थियो, जसमा प्रमुख अतिथि नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष तथा ई.अ.स.का निवर्तमान डीन तथा  प्रा. डा. त्रिरत्न बज्राचार्यको  शुभकामना भिडियोको प्रस्तुतिमार्फत कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यस्तै, प्रविधि मैत्री सो कार्यक्रममा यु-इन्स्पायर नेपालका सल्लाहकार डा. बसन्त राज अधिकारी, जापानबाट यु-इन्स्पायर इन्डियाका डा.रनित च्याटरजी , चीनबाट यु-इन्स्पायर नेपालका कौशल राज ज्ञवाली र यु-इन्स्पायर इन्डोनेसियाबाट हिल्मान एरिओएजिको अनलाइन स्काईप् मार्फत अन्तरक्रिया र शुभकामना सहितको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन यु-इन्स्पायर नेपालका प्रतिनिधि ई. सुरज गौतम र ई. सुमन चापागाईले गरेका थिए भने कार्यक्रममा ह्याकाथन सेसनको पृष्टभूमिका लागि ई.उत्तम पुडासैनी, ई. अन्जिल अधिकारी,  नबिन दाहाल, रबिन शर्मा,  ई. सुरज गौतम, ई. सुमन चापागाईले प्रस्तुति दिएका थिए ।

युवाहरुलाई बिशेष लक्षित गर्दै यु-इन्स्पायर नेपालले करिब ३० जना युवालाई सो कार्यक्रममा समावेश गरेको थियो । उक्त कार्यक्रम बिज्ञान, इन्जिनियरिंग, प्रविधि तथा नवीनतालाई (Science, Engineering, Technology, Innovation, SETI) आत्मसाथ गर्दै ५ बिभिन्न बिषयवस्तु अन्तरर्गत रहेर सम्पन्न गरिएको थियो । कार्यक्रममा  सहभागीको रुपमा  विपद जोखिम न्यूनीकरणमा बिभिन्न एन.जी.ओ, रिसर्च इन्स्टिच्युट, संघ-संस्थामा कार्य गरिरहेका बिज्ञ, प्राविधिक तथा बिधार्थीहरुको सहभागिता थियो भने कार्यक्रममा सहभागीहरुको मुल्यांकनका लागि विपद अध्ययन केन्द्रका उप निर्देशक प्रा.डा. संगीता सिंह र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सी.एल.पी.आई.यु. (शिक्षा) परियोजनाका उप निर्देशक डा. युबराज पौडेलज्युले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई  प्रारम्भिक चेतावनी प्रणाली, शहरी विपद जोखिम न्यूनीकरण, युवा क्षमता बिकाश, विपद जोखिम न्यूनीकरणका लागि रास्ट्रिय युवा पहल, प्रकोप सूचना र व्यवस्थापन प्रणाली गरि पांच बिषयवस्तु अन्तर्गत “उपाय”, “शुरुवात”, “वाइ.सी.डी”, “डी.एम.आइ.एस”, “बारपाक”, “क्वेक_”गरि ६ वटा टिममा विभाजन गरिएको थियो । जसमध्ये टिम “सुरुवात” (प्रज्वल थापा, जय किशान पंजियार, ऋषभ ढुंगेल, शिशिर पन्त र सागर भण्डारी) ले उत्कृष्ट प्रदर्शन गर्दै सो प्रतियोगितामा बेस्ट प्राक्टिकेवल आइडिया संग-संगै नगत पुरस्कारसमेत जित्न सफल भएको थियो ।

यु-इन्स्पायर नेपाल, युनेस्कोको सहयोगमा रहेको यु-इन्स्पायर एलाइएन्सको एउटा सदस्य हो । यति बेला यु-इन्स्पायर एलाइएन्समा ८ वटा देशको प्रतिनिधितव रहेको छ भने, सो एलाइएन्सको तर्फबाट कार्यहरु हुने क्रम्मा नेपालले फोटोग्राफी र  ह्याकाथन कार्यक्रम सम्पन्न गरिसकेको छ ।


[फोटो फिचर ]

 

 

Comments are closed, but trackbacks and pingbacks are open.