Engineeer Khabar

पक्की पुल निर्माण गर्न बस्ती हटाइँदै

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको तामाकोशी किनारको बस्ती हटाउने काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले पटके सूचना प्रकाशन गरी उक्त घर टहरा हटाउने म्याद जारी गरेपछि स्थानीयवासी आफैँले घर टहरा भत्काउन शुरु गरेका हुन् ।
यही मङ्सिर ९ गतेदेखि घर टहरा हटाउन स्थानीयवासी आफैँ लागिपरेको हाल तामाकोशी किनारमा अस्थायी रुपमा बसोबास गर्दै आउन्ुभएको भीमेश्वर – ९ का राम तामाङले बताउनुभयो । आफूहरुले बल प्रयोग गर्नुपूर्व नै घरटहरा हटाउन सहयोग मिलेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.