Engineeer Khabar

१९१ किमी सडकको नयाँ साधारण मार्ग खुला

जुम्ला जिल्लाका स्थानीय तहले १९१ किलोमिटर सडकको नयाँ साधारण मार्ग खोलेका छन् । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५ । ७६ मा सडकको नयाँ साधारण मार्ग खोलेका हुन् । यहाँको चन्दननाथ नगरपालिकाले ९ किमी सडकको नयाँ मार्ग खोलेको तथा २०० किमी सडक ग्राभेल, ४५० मिटर कालोपत्र र ६०० मिटर सडक आरसिसी गरेको नगरपालिकाका इञ्जिनीयर लोेकेन्द्र महतले बताउनुभयो ।
तातोपानी गाउँपालिकाले पाँच किमी मार्ग खोलेको छ । सो गाउँपालिकाले पनि खोलेको नयाँ सडकलाई ग्राभेल र कालोपत्रको विस्तार गरेको छैन । सिंजा गाउँपालिकाले १२ किमी नयाँ सडक खोलेको छ । खोलिएको नयाँ सडकलाई कालोपत्र र ग्राभेल गरिएको छैन ।
पातारासी गाउँपालिकाले २५ किमी नयाँ सडक खोलेको छ । खोलिएको नयाँ सडकलाई कालोपत्र र ग्राभेल गरेको छैन । गुठीचौर गाउँपालिकाले ६५ किमी नयाँ सडक खोलेको छ । सो गाउँपालिकाले खोलेको नयाँ सडकलाई कालोपत्र र ग्राभेल गरेको छैन । हिमा गाउँपालिकाले पनि २५ किमी नयाँ साधारण मार्ग मात्र खोलेको छ ।
कनकासुन्दरी गाउँपालिकाले १५ किमी तथा तिला गाउँपालिकाले ३५ किमी नयाँ मार्ग खोलेका छन् । तिलाले ९ वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.