Engineeer Khabar

खानेपानी योजना शिलान्यास

स्याङ्जाको भिरकोटमा रु १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको रु सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको रु एक करोड र बाँँकी रकम श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहभागितामा निर्माण थालिएको हो ।

कूल रु नौ करोड ९९ लाख ५४ हजार ५२६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले बताउनुभयो । भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छायाराम खनालले बताउनुभयो ।

“नगरवासीलाई व्यवस्थित खानेपानी घरघरमै पु¥याउने लक्ष्यसाथ योजनाको थालनी गरेका हौँ”, नगरप्रमुख खनालले भन्नुभयो, “थालिएको योजनालाई निर्धारित समयमै सम्पन्न गरी नगरवासीको दैनिकीलाई सहज बनाइनेछ ।”

भिरकोट नगरपालिकाका–१, २ र ४ नं वडाका ९४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । “बायाँखोला र खाँदीखोला मूलबाट पानी ल्याएर भिरकोट–१ केरुङमा चार लाख लिटर र मुहान नजिकै २० हजार लिटरका दुई ट्याङ्की निर्माण गर्नेछौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बायाँखोला मूलको पानी पाइपमार्फत ट्याङ्कीमा आउनेछ भने खाँदीखोला मूलको पानीलाई लिफ्टिङ गरेर ट्याङ्कीमा सङ्कलन गरिनेछ ।”

लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको उक्त खानेपानी योजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.