Engineeer Khabar

ने.ई.ए. प्रदेश न ३ र ललितपुर महानगरबीच बैठक: “फ्रेशर इन्जिनियरहरुको आवेदन स्विकार्ने,अन्तरवार्तामा परिषद दर्ता चाहिने”

ललितपुर महानगरपालिकाले आह्वान गरेको छैठौँ तहको कर्मचारी आवश्यकतासम्बन्धी मिति २०७६-९-०१ गते प्रकाशित संशोधित सूचनाको विज्ञापनमा नेपाल इन्जिनियरिङ परिषद्मा नाम दर्ता हुनुपर्ने प्रावधान हटाए पस्चात नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेश ले शुक्रबार महानगरपलिका पुगेर गम्भीर ध्यानाकर्षण गराएको छ ।

महानगरले सिभिल, आर्किटेक्ट र इलेक्ट्रिकल इन्जिनियर पदका लागि पौष १ गते (दोस्रो पटक) जारी गरेको सूचनामा दरखास्त दिन परिषद्को सदस्य हुनुपर्ने प्रावधान हटाएको थियो । मिति २०७६-९-०१ गते प्रकाशित सो बिज्ञापनले ‘नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५’ को दफा ११ को उल्लंघन गरेको हुँदा एसोसिएसनले गम्भिर असहमति जनाएको थियो ।

मिति २०७६-९-०२ गते नै नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्य र महासचिव ईं. छविराज पोखरेलद्धारा विज्ञप्ति जारी गर्दै सो विज्ञापन त्रुटीयुक्त भएको र त्यस्लाई तत्काल सच्याउदै इन्जिनियरिङ पेशाको मर्यादा उच्च राख्न पुनः रित पुर्याई विज्ञापन प्रकाशित गर्न माग गरेको थियो ।

शुक्रबार दिउसो ३ बजे, नेपाल इन्जिनियर्स एसोसिएसन, ३ न प्रदेशका सभापति ई. नन्द लाल बन्जाडेको नेत्रित्वमा गएको टोलीले ललितपुर महानगरपलिकाका मेयर चिरिबाबु महर्जन, शहरी बिकास महाशाखा प्रमूख ई रूद्र प्रसाद गौतम र प्रशासन उपप्रमूख श्रीभद्र ओझा सँग सो बिषय बारे बैठक बसेको थियो । सो बैठकमा यस् अगाडि मिति २०७६-९-०१ गते प्रकाशित भएको संशोधित सूचनालाई वेबसाइटमा तत्काल सच्याउने र पत्रिकामा समेत आगामी सोमवारभित्र प्रकाशित गर्ने सहमती भएको छ् ।
साथै सो बैठकले फ्रेशर इन्जिनियरहरुको आबेदन स्विकार गर्ने तर अन्तरवार्तामा भने परिषदमा दर्ताको प्रमाणपत्र अनिवार्य गर्ने सहमति गरेको छ। 
No photo description available.

Comments are closed, but trackbacks and pingbacks are open.