Engineeer Khabar

बालुवा चोरी गर्दै गरेका गाडी प्रहरीको नियन्त्रणमा

मनोहरा खोलामा बालुवा चोरी गरेर निकासी गर्दै गरेका बालुवाका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरीमा संलग्न रहेको अभियोगमा आज बा ४ ख ३४३७, बा ४ ख २३१६, बा २ ख ४४१६ र प्रदेश नम्बर ३–००१–००५ ख ९२५१ को मिनिट्रक नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । गाडीका सवारी चालक भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.