Engineeer Khabar

मन्त्रिकाे इन्जिनियर माेह, प्रशासनमा इन्जिनियरलाइ जिम्मेवारि दिन दबाब

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि हृदयश त्रिपाठीले इन्जिनियरहरूलाइ गाउपालिका तथा नगरपालिकाकाे प्रशासकिय प्रमुखमा पठाउन दबाब दिन थालेकाे कुरा बाहिर अाएकाे छ ।
यस अघि, भाैतिक पूर्वाधार मन्त्रि रहि सकेका उनि इन्जिनियरहरू संग नजिक भएर काम गरेका थिए । जसकारण उनिमा इन्जिनियर माेह बढ्दै गएकाे चर्चा मन्त्रालयकाे कर्मचारि प्रशासन बृतमा समेत चल्न थालेकाे छ।

समायाेजन एन अन्तर्गत स्थानीय तहकाे प्रमुख प्रशासकिय अधिकृतमा केन्द्रिय तहका नजामती सेवाका प्रशासनतर्फका अधिकृतदेखि सहसचिवसम्मका कर्मचारी पठाउनुपर्ने प्रावधान छ । तर, उक्त प्रावधान विपरित मन्त्रिले इन्जिनियरहरूलाइ पठाउन दबाब दिन थालेका छन् ।

उनकाे उक्त व्यवहारबाट प्रशासन तर्फका कर्मचारिहरूमा भने असन्तुष्टि देखिन थालेकाे छ । साथै, इन्जिनियर वृतमा भने यसबाट उत्साह बढेकाे छ । प्रशासन तर्फ पनि, प्राविधिकहरू योग्य रहेकाे र प्राविधिक विशेषज्ञता समेत प्रयाेग गरेर, स्थानिय तहकाे विकासमा टेवा पुग्ने भन्दै इन्जिनियर हरू उत्साहित देखिएका छन् ।

 

 

Comments are closed, but trackbacks and pingbacks are open.