Engineeer Khabar

इन्जिनियर्स एशोसिएसनद्वारा मन्त्री त्रिपाठीलाई स्मरण पत्र: प्राविधिक सेवामा दरबन्दी बढाउन माग (ज्ञापनपत्रसहित)

नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) तीन नम्बर प्रदेश कार्यकारिणी समितिले संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयस त्रिपाठीलाई ज्ञापनपत्र बुझाएको छ ।

२०७५ फागुन २१ गते आयोजित ‘प्रस्तावित संघिय निजामति सेवा विद्येयकका सम्बन्धमा प्राविधिकहरुको व्यवस्थापन’ अन्तरक्रिया कार्यक्रमबाट प्राप्त निचोड एसोसिएसनले तत्कालिन प्रशासनमन्त्री लालबाबु पण्डित र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ज्ञापनपत्र बुझाएको थियो । र त्यस सुझाबलाई आत्माथ र सम्बोधन गराउन एसोसिएसनका सभापति ई.नन्दलाल बन्जाडेको संयोजकत्वको टोलीले सोमबार मन्त्री त्रिपाठीलाई भेटेर स्मरण गराएको छ ।

उक्त मागहरूलाई सकारात्मक रूपमा लिदै मन्त्री त्रिपाठीले प्राविधिकहरूलाई मोटिभेट सहित उचित व्यवस्थापन नगरी कुनै पनि देशको विकास र समृद्धि नभएको समेत जिकिर गरेका थिए ।

ज्ञापनपत्रमा प्राविधिक कर्मचारी र प्रशासन सेवाका कर्मचारीको बीचमा बढुवामा समान अवसर नभएकाले प्राविधिक सेवाका कर्मचारीको उप–सचिव, सह–सचिव र सचिवमा दरबन्दी बढाउनुपर्ने माग गरिएको छ ।

एसोसिएसनका सभापति ईं. नन्दलाल बन्जाडे र सचिव ईं प्रदिप अधिकारीद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा निम्न २० बुँदे माग राखिएको छः

Comments are closed, but trackbacks and pingbacks are open.