Engineeer Khabar

प्रदेश नं ३ को राजधानी हेटौँडा

आइतबार बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ ।

प्रदेशको नाम वागमती राख्न सर्वसहमती भएता पनि विवेकशील साझा पार्टीले भने स्थायी राजधानीको लागी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेका प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो ।

काभ्रपलाञ्चोक प्रदेश ३ को राजधानी हुनुपर्ने माग सत्तारूढ नेकपाका प्रदेशसभा सदस्य भित्र पनि रहेको थियो ।  तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले हेटौंडाको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये नयाँशक्तिबाट निर्वाचित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए भने सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन्  ।

Comments are closed, but trackbacks and pingbacks are open.