Engineeer Khabar

सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता हुँदै

‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ सेस नेपालले पुल्चोक क्याम्पसको प्राङग्णमा माघ १०, ११ र १२ गते ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ ।

तीन दिन सम्म हुने उक्त प्रदर्शनीको मुख्य सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्नुहुनेछ ।

प्रदर्शनीमा निर्माण सामाग्री, भवनका मोडलहरु, पेपर ब्रिज, सिभिल इन्जिनियरिङ डिजाइन लगायतका इन्जिनियरिङ क्षेत्रलाई समेट्ने बिभिन्न किसिमका स्टलहरु रहने आयोजकले जनाएका छन । कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनियरिङ कलेजहरुको सहभागीता सङ्ग्-सङ्गै ३० हजार भन्दा बढी इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित मानिसहरुले अवलोकन गर्ने आयोजकको दाबी छ ।

त्यस्तैगरी, सेस नेपालले उक्त प्रदर्शनीको पुर्वसन्ध्यामा “निजगढ विमानस्थल: बिकास कि बिनास ?” नामक बहस कार्यक्रम समेत आयोजना गर्ने भएको छ । सो कार्यक्रममा संसद, अन्तरास्ट्रिय सम्बन्ध समितीका मा. सुजिता शाक्य, पुर्व पर्यटन सचिव बिरेन्द्रबहादुर देउजा , आयोजना निर्देशक ई. प्रदीप अधिकारी, वातावरणविद् बटुकृष्ण उप्रेती र जैविक विविधताविद आनन्द भण्डारीको सहभागीता रहनेछ भने सो कार्यक्रमको सहजकर्ताको भूमिका  पुल्चोक क्याम्पसका प्रोफेसर, इश्वरमान अमात्यले गर्नुहुनेछ ।

Image may contain: text

सो कार्यक्रमको लागि दर्ता गर्न यहाँ थिच्नुहोस्

आयोजकले कार्यक्रमको तयारीका भब्य रुपमा भईरहेको जानकारी दिएका छन । हालसम्म प्रदर्शनीको पुर्वसन्ध्यामा हेल्थ क्याम्प, बि.ई. हाजिरिजवाफ प्रतियोगिता, प्रिजेन्टेसन प्रतियोगिता, सिभिल इन्जिनियर ओलम्प्याडलगायतका कार्यक्रमहरु सम्पन्न भईसकेको छ ।

प्रदर्शनीमा माघ १० र ११ गते सिभिल इन्जिनियरिङ्गका विद्यार्थीलाई लक्षित बिशेष सर्भे प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । प्रतियोगितका विजेतालाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.