Engineeer Khabar

स्काफको १६ औ कार्यकारिणी समिति गठन : नवनिर्वाचित अध्यक्षमा अधिकारी [कार्यसमितिको पूर्ण सुचिसहित]

माघ १७, ललितपुर: सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्काफ)को १६ औ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

शुक्रबार कुपण्डोलस्थित होटल हिमालयमा बसेको भेलाले ई. टुकलाल अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष ई. अधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्ष रहेका थिए ।

त्यस्तै समितिको उपाध्यक्षमा ई. कृष्ण सापकोटा, महासचिवमा ई. प्रकाश अधिकारी, सचिवमा ई. ठाकुर प्रसाद शर्मा, कोषाध्यक्षमा ई.गोबिन्द देव अधिकारी सहित छ जना सदस्य निर्वाचित भएका छन् ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म(स्काफ)मा इन्जिनियरिङ परामर्शको क्षेत्रमा काम गर्ने करिब दुई सयको संख्यामा सदस्य फर्महरु रहेका छन् ।

स्काफ को १६ औं कार्यकारिणी समिति
अध्यक्ष  – ई. टुकलाल अधिकारी (इटिको)
उपाध्यक्ष – ई. कृष्ण सापकोटा (सितारा कन्सल्ट)
महासचिव – ई. प्रकाश अधिकारी (इकोकोड नेपाल)
सचिवमा – ई. ठाकुर प्रसाद शर्मा (एफ बि सि )
कोषाध्यक्षमा – ई.गोबिन्द देव अधिकारी (होम्ल्यान्ड )

सदस्यहरु 
ई.गोबिन्द मान ताम्राकार (एम ई एच )
ई.किट्च चित्रकार (डि-फोर्ट)
ई.श्रवण कुमार थापा  (नर्थ स्टार)
ई. उमेश चौधरी (युनिक)
ई.नारायण हरी रिजाल (प्यारागन)
ई.पदम ओली (इन्जिनियर्स वर्ल्ड )

[फोटो फिचर]

Image may contain: possible text that says 'सोसाइटी अफ कन्सल्टीड आरकिटेक्चरल एण्ड इन्जिनियरिड् फर्मस SOCIETY OF CONSULTING ARCHITECTURAL & ENGINEERING FIRMS (SCAEF), NEPAL 30th Annual General Body Meeting 31st January 2020 (Magh 17,2076) Himalayan Hotel, Kupondol'

Image may contain: one or more people, people standing and indoor

Image may contain: one or more people, people sitting and indoor

 

Comments are closed, but trackbacks and pingbacks are open.