Engineeer Khabar

बिज्नेस कमिटी गठन – ने.ई.ए बागमती प्रदेश [फोटो फिचर सहित]

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश प्रथम कार्यकारीणी समितीले गत शनिबार ११ वटा बिज्नेस कमिटी गठन गरेको छ् ।

पुल्चोक स्थित इन्जिनियर्स भवनमा आयोजित सो कार्यक्रमको अध्यक्ष्यता इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापति ई. नन्दलाल बन्जाडेले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रा. डा. त्रिरत्न बज्रचार्यले गर्नुभएको थियो । बागमती प्रदेशका सचिब ई. प्रदिप अधिकारिले सन्चालन गर्नु भएको सो कार्यक्रममा एशोसिएसनका केन्द्रिय उपाध्यक्ष  ई. आशिस घिमिरेको बिशेष अतिथीको रुपमा उपस्थिती थियो ।

इन्जिनियर्स भवनमा आयोजित सो कार्यक्रममा बिज्नेस कमिटीका चेयर, को-चेयर तथा सदस्यहरुको उपस्थितीमा सो कमिटी घोषणा भएको थियो । टेक्निकल कमिटीको चेयरमा डा नारायण चौलागाई, प्लानिङ एन्ड पोलिसी इन्ह्यान्स्मेन्ट कमिटीको चेयरमा ई. कुमार धमाला, पब्लिकेसन एन्ड मिडिया कोअर्डीनेसन कमिटीको चेयरमा ई. सुबोध सत्याल,  मेम्बरशिप ड्राइभ एन्ड लोकल सेन्टर कोअर्डिनेसन कमिटीको चेयरमा ई. लक्ष्मी उपाध्याय, कन्टेम्पोररी इस्सु कमिटीको चेयरमा ई. रमा बास्तोला, अइ.सि.टि. डेभलप्मेन्ट कमिटीको चेयरमा ई. तिलक लामिछाने, युथ एन्ड सोसल वेलफेयर कमिटीको चेयरमा ई. श्याम कृष्ण कार्की, रिसर्च एन्ड डेभलप्मेन्ट कमिटीको चेयरमा ई. देउकाजी गुरुङ, रिसोर्स म्यानेज्मेन्ट कमिटीको चेयरमा ई. रत्न लामिछाने, इन्फ्रास्ट्रुक्चर डेभलप्मेन्ट कमिटीको चेयरमा आ. ब्रिन्दा श्रेष्ठ र प्रोफेस्नल सेकुरिटी एन्ड क्यापासीटी बिल्डिङ कमिटीको चेयरमा ई. अर्जुन पौडेल मनोनयन हुनु भएको छ् ।

सम्पुर्ण चेयरहरुको आफ्नो सान्दर्भिक भनाई तथा प्रतिबद्धता पस्चात ने.ई.ए. बाग्मती प्रदेशको तर्फबाट कोषाध्यक्ष ई राजन थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । धन्यवाद ज्ञापनसङ्गै ई थापाले सम्पुर्ण कमिटिको जिम्मेवारी पनि थपिएको बताउनु भएको थियो ।

त्यस्तै प्रदेशका उपसभापती ई. डिल्ली राम भट्ट्ले बाग्मती प्रदेशको परिवार बिसतार भएको जिकिर गर्दै, एकताका साथ अघी बढ्दै कुशल्तापुर्वक कार्य सम्पन्न गर्न शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी ई आशिष घिमिरेले केन्द्र्को बिज्नेस कमिटी गठन लगतै सहजै प्रदेशको समेत बिज्नेस कमिटी गठन गर्न सफल हुनुभएकोमा बाग्मती प्रदेशलाई बिशेष बधाई दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. त्रिरत्न बज्रचार्यले इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरुको लागी महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको थियो । त्यस्तै एशोसिएसनले इन्जिनियरिङ्ग स्टाफ कलेजको स्थापनको लागी चालिरहेको कदम र मित्र राष्ट्र भारतमा रहेको इन्जिनियरिङ्ग स्टाफ कलेजबिच सम्भावित सहकार्य बारे जान्कारी समेत गराउनु भएको थियो । केन्द्रको विशेष पहल सङ्गै प्रदेश हरुको सकृय भूमिकाले समग्र इन्जिनियरिङ्ग क्षेत्रको बिकाशमा सहयोग पुग्ने दाबी डा. बज्रचार्यले गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा बागमती प्रदेशका सभापति ई. नन्दलाल बन्जाडेले सम्पुर्ण उपस्थित महानुभावहरुमा धन्यवाद ब्यक्त गर्दै, ने.इ.ए. बाग्मती प्रदेश सदैब अग्रपङ्तीमा रही इन्जिनियरहरुको लागी काम गर्न तत्पर रहेको जिकिर गर्नु भएको थियो ।  बिज्नेश कमिटिले उल्लेख्निय काम गर्ने बिश्वास सङ्ग-सङ्गै बाग्मती प्रदेशले आगामी दिनहरुमा थप कार्यक्रमहरु समेत सन्चाल्न गर्ने जान्कारी ई. बन्जाडेले दिनुभएको थियो । 

बागमती प्रदेश [फोटो फिचर सहित]

 

 

 

Comments are closed, but trackbacks and pingbacks are open.