Engineeer Khabar

ईन्जिनियर्स सम्मेलन विशेष म्याराथन हुँदै: प्रथम हुनेलाई नगद रु १०,०००

फागुन १६, काठमाडौं: नेपाल ईन्जिनियर्स एशोसिएसनले १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलनको पूर्व सन्ध्यामा शनिवार म्याराथन आयोजना गर्ने भएको छ ।

एशोसिएसनको युथ एण्ड स्पोर्टस बिज्नेस कमिटीले फागुन १७ गते शनिवार बिहान ७ बजे ईन्जिनियर भवन पुल्चोक ललितपुरबाट सुरुहुने गरि प्रज्ञा भवन काठमाडौं सम्म करिब ५ कि.मि. लामो म्याराथन आयोजना गरेको छ ।

म्याराथनको रुट यस्तो रहेको छ
रुटः पुल्चोक हरिहरभवनस्थित ईन्जिनियर भवनबाट कुपण्डोल — बागमती पुल — थापाथली — माइतीघर–शहिदगेट — जमल — त्रिचन्द्र हुदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ।

आयोजक एशोसिएसनले उक्त म्याराथनमा प्रथम, द्वितिय र तृतिय हुने पुरुष तथा महिला समुह बेग्ला बेग्ल धावक ईन्जिनियरलाई क्रमश दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको ब्यबस्था गरेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.