Engineeer Khabar

इञ्जिनियर्स सम्मेलन म्याराथन भब्यताका साथ सम्पन्न : [फोटो फिचर सहित]

फागुन १७, काठ्मान्डौ: नेपाल ईन्जिनियर्स एशोसिएसनले १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलनको पूर्व सन्ध्यामा शनिवार म्याराथन भब्य रुप्मा सम्पन्न गरेको छ ।

१६औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा युथ एण्ड स्पोर्टस बिज्नेस कमिटीद्धारा आयोजित “इञ्जिनियर्स सम्मेलन म्याराथन २०७६” महिला/ पुरुष प्रतियोगिताको प्रमुख आतिथ्यता शहरी विकास मन्त्रालय का राज्यमन्त्री माननीय रामवीर मानन्धरले गर्नु भएको थियो भने बिशेष आतिथ्यता ने.ई.ए.का अध्यक्ष ई. प्रा. डा. त्रिरत्न बज्रचार्यले गर्नु भएको थियो । सो कार्यक्रम को अध्यक्षता युथ एण्ड स्पोर्टस बिज्नेस कमिटीका अध्यक्ष ई. प्रदिप कुमार खत्रीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन युथ एण्ड स्पोर्टस बिज्नेस कमिटीका सचिव ई. अनिल मानन्धरले सञ्चालन गर्नुभएको थियो । त्यस्तै  कार्यक्रममा अतिथीका रुपमा ने.ई.ए.का महासचिव ई. छविराज पोख्रेल, विकास बिज्ञ (प्रधानमन्त्री सचिवालय) ई. गजेन्द्र थपलिया, नास्टका उपकूलपति ई. डा. सुनिलबाबु श्रेष्ठ, यातायात विभागका महानिर्देशक ई. गगन हमाल, सडक बोर्डका कार्यकारी निर्देशक ई. कृष्ण सिंह बस्नेत लगायतको उपस्थिती थियो ।

म्याराथन दौड अगाडीको औपचारिक कार्यक्रमको समापन पछि म्याराथन दौडको लागि प्रमुख अतिथि माननीय रामवीर मानन्धरले रिवन काटि प्रतियोगीता उद्घाटन गर्नुभएको थियो । बिहान ८ बजे ईन्जिनियर भवन पुल्चोक ललितपुरबाट सुरु गर्दै प्रज्ञा भवन काठमाडौं पुगेर (करिब ५ कि.मि. लामो) म्याराथन सम्पन्न भएको छ ।

त्यस्तै म्याराथन दौडको समापन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष ई. डिल्लिरमण निरौलाद्धारा नगद पुरष्कार तथा मायाको चिनो वितरण गर्दै सम्पन्न भएको थियो । कार्यक्रमको समापनमा महिला १० र पुरुष १० औं स्थान हाँसिल गरेका प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । पुरुष तर्फ प्रकाश सिंह अयरले १५ मिनेट ३९ सेकन्ड मा म्याराथन सम्पन्न गर्दै प्रथम भएका थिए भने सन्तोस नाथ योगी, अमित गौतम क्रमश दोश्रो र तेस्रो भएका थिए । त्यस्तै, महिला तर्फ काठ्मान्डौ इन्जिनियरिङ्ग कलेजका सुयना राई ले २८ मिनेट ०४ सेकन्ड मा म्याराथन सम्पन्न गर्दै प्रथम भएकी थिइन भने पुल्चोक क्याम्पस का सृजना लामिछाने र सुकृती सुबेदी क्रमश दोश्रो तथा तेस्रो भएका थिए । म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, दृतिय हुनेलाई नगद रु ७ हजार र तृतिय हुनेलाई नगद रु पाँच हजार पुरस्कार ब्यवस्था गरिएको थियो । त्यस्तै १०औ स्थान भित्र पर्न सफल धावकहरुलाई प्रमाण पत्रको ब्यवस्था गरिएको थियो ।

कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको र इन्जिनियर/आर्किटेक्टहरुको उल्लेखनीय सहभागिता रहेको जान्कारी दिदै युथ एण्ड स्पोर्टस बिज्नेस कमिटीका अध्यक्ष ई. प्रदिप कुमार खत्रीले कार्यक्रमको सकिएको घोषण गर्नुभएको थियो ।

[फोटो फिचर]

 

Comments are closed, but trackbacks and pingbacks are open.