Engineeer Khabar

कोरोनाले रोकियो राष्ट्रिय इञ्जिनियर सम्मेलन

फाल्गुन १९, काठ्मान्डौ: यही मिति फाल्गुन २१ , २२ र २३ गते हुने भनिएको नेपाल इन्जिनियर्स एशोसिएसनको १६ औ राष्ट्रिय सम्मेलन अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।

देश तथा बिदेशमा कोरोना भाईरसले शृजना गरेको प्रतिकुल अवस्था एवम बर्तमान सम्बेदनशिलता र् नेपाल सरकारको तर्फ्बाट जारी भएको आव्हानलाई मध्यनजर गर्दै एशोसिएसनले हाललाई सम्मेलन स्थगित गरेको ब्यहोरा जानकारी गराएको छ ।

यस अघि एशोसिएसनले इन्जिनियर सम्मेलनको पूर्व सन्ध्यामा गत शनिवार, ईन्जिनियर सम्मेलन म्याराथन भब्य रुप्मा सम्पन्न गरेको थियो । फाल्गुन २१ , २२ र २३ गते तय गरिएको इन्जिनियर सम्मेलनको कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भइसकेको अवस्थामा असाधारण परीस्थितीका कारण अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गर्नु परेकोमा एशोसिएसनले क्षमा याचना समेत गरेको छ ।

 

 

Comments are closed, but trackbacks and pingbacks are open.