Engineeer Khabar

स्थानीय केन्द्रमा आबद्धताको लागि आव्हान: ने.ई.ए बागमती प्रदेश [स्थानीय केन्द्रको नाम सहित]

फाल्गुन १९, काठ्मान्डौ: नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले बागमती प्रदेश अन्तरगतका स्थानीय केन्द्र गठन तथा निर्वाचन प्रयोजनार्थ सदस्यता नवीकरण तथा मतदान केन्द्र एकिन गर्ने बारेको सूचना प्रकाशित गरेको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसनको विधान – २०५१ (चौथो संशोधन) अनुसार हुन गइरहेको पहिलो स्थानीय कार्यकारिणी समितिको गठन तथा निर्वाचनमा सहभागी हुनको लागि नयाँ सदस्यता आवेदन तथा यस आ.व.को सदस्यता नविकरण गर्ने अन्तिम म्याद २०७६ चैत्र ७ गते तय गरिएको छ र सो म्यादभित्र नयाँ सदस्यता आवेदन तथा आ–आफ्नो सदस्यता नविकरण गरिसक्नु पर्ने सुचनामा उल्लेख छ ।

उक्त निर्वाचन प्रकियामा सामेल हुनका लागि ने.ई.ए. निर्वाचन कार्यविधि २०७५ को बुदा ३ (ग) र ६ (क) र (ख) को अधिनमा रही तोकिएको स्थानीय केन्द्रमा स्थाई बसोबास भएको वा कार्यरत रहेकोे हुनुपर्ने छ ।

हालको मतदान केन्द्रबाट आफू आबद्ध हुन चाहेको स्थानीय केन्द्रमा २०७६ चैत्र १५ गते भित्र निर्धारीत ढाँचामा निवेदन र आवश्यक कागजात बुझाइसक्नु पर्ने जानकारी उल्लेख छ ।

विस्तृत जानकारीका लागि ने.ई.ए बागमतीको प्रदेश सम्पर्क कार्यालयको फोन नं ः ०१–४२४८३०० मा सम्पर्क गर्न सकिनेछ वा www.bagmati.neanepal.org.np वेवसाइट fb.com/NEABagmati मा गएर हेर्न सकिनेछ ।

स्थानीय केन्द्रको नाम समावेश गरीएका स्थानीय केन्द्रहरू:

१) भरतपुर केन्द्र: चितवन जिल्लाका सम्पूर्ण नपा तथा गापा
२) हेटौडा केन्द्र: मकवानपुर जिल्लाका सम्पूर्ण नपा तथा गापा
३) कमलामाई केन्द्र: सिन्धुली जिल्लाका सम्पूर्ण नपा तथा गापा
४)रामेछाप केन्द्र: रामेछाप जिल्लाका सम्पूर्ण नपा तथा गापा
५) गोसाइकुण्ड केन्द्र: रसुवा जिल्लाका सम्पूर्ण नपा तथा गापा
६) बाह्रबिसे केन्द्र: सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नपा, बलेफी, जुगल, सुनकोशी गापा, बारबिसे त्रिपुरासुन्दरी लिसंखुपखर र भोटेकोशी गापा
७) चौतारा केन्द्र: सिन्धुपाल्चोक जिल्लाको चौतारा, साँगाचोकगढी नपा
८) मेलम्चि केन्द्र: सिन्धुपाल्चोक जिल्लाका मेलम्चि नपा, हेलम्बु, इन्द्रावती, र पाँचपोखरी गापा
९) पाँचखाल मण्डनदेउपुर केन्द्र: काभ्रे जिल्लाका पाँचखाल र मण्डनदेउपुर नपा
१०) धुलिखेल केन्द्र: काभ्रे जिल्लाका नमोबुद्ध, धुलिखेल, बनेपा, पनौती नपा र चौरीदेउराली गापा
११) बूढानीलकण्ठ केन्द्र: काठमाण्डौ जिल्लाको बूढानीलकण्ठ नपा
१२) दुप्चेश्वर केन्द्र: नुवाकोट जिल्लका तादी, लिखु, पञ्चकन्या, शिवपुरी, ककनी, दुप्चेश्वर र सुर्यगढी गापा
१३) विदुर केन्द्र: नुवाकोट जिल्लका विदुर, बेलकोटगढी नपा, तारकेश्वर, किस्पाङ्ग, म्यागङ्ग गापा
१४) तामाकोशी केन्द्र: दोलखा जिल्लाको विगुं गापा
१५) दोलखा केन्द्र: दोलखा जिल्लाको विगुं गापा बाहेकका सम्पूर्ण नपा तथा गापा
१६) धादिङ केन्द्र: धादिङ जिल्लाका सम्पूर्ण नपा तथा गापा

 

Comments are closed, but trackbacks and pingbacks are open.