Engineeer Khabar

कोरोनाको उच्च जोखिममा नेपाल, सभा–सम्मेलन, भोजभतेर र कार्यक्रम नगर्न सरकारको अपिल

काठमाडौ । विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी दिएपछि सरकारले सतर्कता अपनाउन सुरु गरेको छ । आइतबार मात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी तत्कालका लागि ठूला सभा–सम्मेलन तथा भोजभतेरसहितका कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री ढकालले छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको बताउदै, अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने बताउनु भएको छ । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनु भएको छ ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको मन्त्री ढकालले जिकिर गर्नु भएको छ। त्यस्तै  संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको उहाले पत्रकार सम्मेलनमा जानकारी  दिनु भएको छ ।’

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने समेत बताउनु भएको छ ।

उहाले त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने तयारी भएको भन्दै थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको जाँच गरिने मन्त्री ढकालले जानकारी  दिनु भएको छ ।

यसैगरी मन्त्रालयले तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको जानकारी मन्त्री ढकालले दिनु भएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.