Engineeer Khabar

ई. रुपा-रबिन जोडीद्वारा विवाह भोजको खर्च कटौती गर्दै शैक्षिक कोषलाई सहयोग

हेटौंडा,२० फागुन । हेटौंडाका युवा इन्जिनियरले आफ्नो विवाहको अबसरमा शैक्षिक सहयोग अक्षय कोष नेपाल, मकवानपुरलाई डेढ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ ।

विवाहपछि आयोजना गरिने प्रितिभोज कार्यक्रमको खर्च कटौती गर्दै कोषमा हेटौंडा–६ निवासी ई. रविन पाठकले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । ई. रविन पाठक र ई. रुपा चौलागाईंले सोमबार विवाह गर्नु भएको थियो ।

आज मंगलबार आयोजित एक कार्यक्रमको अबसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोषका अध्यक्ष रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

Image may contain: 3 people, including Rabin Pathak, people standing

कोषले जिल्लाका गरिब, जेहेन्दार, मिनेहनी विद्यार्थीहरुको लागि सहयोग पुर्याउँदै आएको छ ।

पाठकले विवाहपछिको भोज कटौती गरेर विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि योगदान गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

इन्जिनियर खबर, यस जोडीको साहसिक कदम र सामाजिक रुपान्तरणको लागि लिएको कदम प्रती हार्दिक आभार ब्यक्त गर्दछ । साथै दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना समेत ब्यक्त गर्दछ ।

Image may contain: 7 people, including Rabin Pathak, people standing and people on stage

Image may contain: 4 people, including Rabin Pathak, people standing and people on stage

Comments are closed, but trackbacks and pingbacks are open.