काठमाण्डौ, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले आफ्नो ७ वटै प्रदेश र निजामति तथा विश्वविद्यालय तर्फको कमिटि गठन प्रक्रिया सम्पन्न गरेको छ ।
प्रत्येक प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, ९ जना सचिवालय सदस्य र २६ जना प्रदेश कार्यकारिणी सदस्य सहित ३९ सदसीय कमिटी गठन गरेको छ ।
एकिकृत प्रादेशिक कमिटि गठन गर्न पिनले यस अघिका सचिवालय तथा केन्द्रिय कमिटिका बैठकका निर्णयहरु अनुसार हरेक प्रदेशमा छुुट्टा छुुट्टै कार्यदल बनाएको थियो । सो कार्यदलबाट नौ वटै प्रदे्शबाट प्राप्त सहमति तथा असहमती सहित प्रश्तावहरु सचिवालय बैठकमा पेश गरिएको थियो । पेश भएको प्रश्तावहरु उपर निणर्य गर्ने अधिकार अध्यक्ष तथा महासचिवलाई प्रदान गरिएको थियो । कार्यदलको तर्फबाट संयोजकले पेश गरे बमोजिमको कमिटिलाई कार्यान्यवनमा लैजाने निर्णय आइतबार बसेको केन्द्रिय सचिवालय बैठकले पारित गरेको छ ।
मिति २०७६/१२/०२ गते सम्पन सचिवालय बैठकले प्रदेश कमिटि गठनको काम सम्पन्न गरेको छ । यसै सँगै पिनको आफ्नो ७ वटै प्रदेश र निजामति तथा विश्वविद्यालय तर्फको कमिटिले पूर्णता पाएको छ । प्रदेश कमिटीको पूर्णतासँगै पिनले अब जिल्ला कमिटि समेत गठन गर्नेछ ।
Comments are closed, but trackbacks and pingbacks are open.